"मानव निर्मित नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:नेपाल जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
[[File:Human_Made_National_Flag_of_Nepal.JPG|thumb|नेपालको झण्डा ]]
३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डाका प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टु“डिखेल नै झण्डा जस्तो देखिएको थियो । पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ वल्र्डमा आफनो नाम लेखाएको छ । पाकिस्तानको सो रेकर्डलाई तोडदै राष्ट्रको नाम उ“चो गराउन नेपालीहरुले पनि प्रयास गरेका छन । यसका लािग काठमाडौं टु“डिखेलमा भाद्र ७ गते शनिवार ३५ हजार भन्दा बढी मानिस जम्मा भए । उनीहरुले एकैसाथ राष्ट्रिय झण्डामा प्रयोग हुने रंगले पोतिएका प्लेकार्ड आफ्नो शिर माथी राखेर मानव निर्मित झण्डा बनाए । जब सहभागीले प्लेकार्ड आफ्नो शिर माथी राखे, त्यति बेला केही परबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रष्टसंग देख्न सकिन्थ्यो । दृश्य निकै सुन्दर र अद्भूत थियो । यो किर्तिमान राख्नका लागि काठमाडौं उपत्यका सहित देशका बिभिन्न क्षेत्रबाट सहभागीहरु ट“ुडिखेल पुगेका थिए । नेपालको झण्डालाई बिश्वभर चिनाउने अभियानमा सहभागी सर्वसाधारण निकै उत्साही थिए । संसारकै ठूलो मानव निर्मित झण्डा बनाएपनि यसको आधिकारिक पुष्टिका लागि भने केही समय कुुर्नु पर्ने छ । मानव र्निमित झण्डाको पुष्टिका लागि गिनिज बुक अफ द वल्र्ड रेकर्डको टिमले यो झण्डाको भिडियो हेरेरै मात्र तय गर्नेछ ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाहिरी कडीहरू==
 
 
[[श्रेणी:नेपाल]]