"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
मोहनदास करमचन्द गान्धी ('''महात्मा गान्धी''') (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) [[भारत]] तथा [[भारतीय स्वतन्त्रता संग्राम|भारतीय स्वतन्त्रता आन्दोलन]]का एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका [[दक्षिण अफ्रीका]]को रङ्गभेद अन्त्य गर्न तथा [[भारत]]लाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई [[संयुक्त राष्ट्र संघ]]ले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी ''[[सत्याग्रह]]''(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई ''अहिंसात्मक'' आन्दोलन भनिएको छ । उनले भारतलाई [[स्वतन्त्रता]] दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू '''महात्मा गान्धी'''को नामले चिन्दछन् ।
 
[[संस्कृत भाषा]]मा [[महात्मा]] अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो । उनलाई सबैभन्दा पहिले [[रवीन्द्रनाथ टेगोर]]ले महात्मा नामले सम्वोधित गरेका हुन् । महात्मा गान्धीलाई भारतमा ''बापू'' नामले पनि चिनिन्छ [[गुजराती भाषा]]मा (બાપુ) ''बापू'' को अर्थ ''पिता'' हुन्छ । उनलाई सरकारी रूपमा भारतको '''[[राष्ट्रपिता]]'''को सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ । यो दिन '[[गान्धी जयन्ती]]'को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई [[अन्तर्राष्ट्रिय अहिंसा दिवस]]को रूपमा मनाइन्छ । <strike>सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा [[दक्षिण अफ्रिका]]मा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि सङ्घर्षमा प्रयोग गरे ।</strike> सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्याधिकअत्यधिक भूमि करभूमिकर र भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरे । सन् १९२१ मा [[भारतीय राष्ट्रिय काँग्रेस]]को बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा पनि भारतलाई विदेशी राजबाट मुक्ति दिलाएर [[स्वतन्त्रता|स्वराज]] प्राप्ति उनको प्रमुख लक्ष्य थियो । गान्धीले ब्रिटिस सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा [[नुन सत्याग्रह|दांडी मार्च]] र त्यसपछि सन् १९४२ मा [[भारत छोड आन्दोलन]] सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीले सबै परिस्थितिहरूमा [[अहिंसा]] र [[सत्य]]को पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । <strike>उनले [[साबरमती आश्रम]] आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन व्यतित गरे </strike>र परम्परागत भारतीय ''[[धोती]]'' र सूतबाट बनेको गम्छा लगाए जसलाई स्वयंले ''[[चर्खा]]''मा सूत काटेर हातैले बनाएका थिए । उनले सादा [[शाकाहारी]] भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामा उपवास पनि गरे ।
 
== प्रारम्भिक जीवन ==
[[चित्र:Young Gandhi.jpg|right|thumb|युवा गान्धी (सन् १८८६)]]
मोहनदास करमचन्द गान्धीको जन्म [[२ अक्टोबर]] [[१८६९]]मा [[पश्चिमी भारत]]को वर्तमान [[गुजरात]]मा रहेको [[पोरबन्दर]] नामक एक तटीय सहरमा भएको थियो । उनका पिता करमचन्द गान्धी [[हिन्दू धर्म]]को मोध समुदायसँग सम्बन्धित थिए र [[ब्रिटिस राज|अङ्ग्रेजको अधीनस्थ भारतको]] काठियावाडमा एउटा सानो [[रजौटा|रियासत]] [[पोरबन्दर|पोरबन्दर प्रान्त]]को [[दीवान (शीर्षक)|दीवान]] अर्थात प्रधानमन्त्री थिए । परनामी [[वैश्य|वैष्णव]] हिन्दू समुदायकी उनकी आमा पुतलीबाई करमचन्दकी चौथी स्वास्नी थिइन्, उनका पहिला तीन स्वास्नीहरू प्रसवको समयसमयमा मरेका थिए । <strike>भक्ति गर्ने आमालाई देखरेख र त्यस क्षेत्रको [[जैन धर्म|जैन]] परम्पराहरूको कारण युवा मोहनदासमाथि प्रारम्भिक प्रभाव चाँडै नै परेको थियो जसले उनको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।</strike> ती प्रभावहरूमा दुर्बलहरूमा जोशको भावना, [[शाकाहार|शाकाहारी जीवन]], आत्मशुद्धिको लागि [[उपवास]] तथा विभिन्न जातिका मानिसहरूबीच सहिष्णुता सामेल थिए । सन् १८८३ मेमा जब उनी १३ वर्षका थिए तब उनको विवाह १४ वर्षकी [[कस्तूरबा गान्धी|कस्तूरबा माखनजी]]सँग भयो । जसको पहिलो नाम छोटोमा ''कस्तूरबा'' थियो र उनलाई मानिसहरू प्रेमले ''बा'' भन्थे । यो विवाह एक व्यवस्थित [[बाल विवाह]] थियो जुन त्यस समय त्यस क्षेत्रमा प्रचलित थियो । सन् १८८५ मा जब गान्धी १५ वर्षका थिए तब यीनको पहिलो सन्तान जन्मिए तर उनी केही दिन मात्र जीवित रहे र यसै वर्षको प्रारम्भमा गान्धीका पिता करमचन्द गान्धी पनि परमधाम भए । मोहनदास र कस्तूरबाको चार सन्तान भए जसमध्ये सबै छोरा थिए । [[हरिलाल गान्धी|हरिलाल]] सन् १८८८ मा जन्मिएका थिए भने सन् १८९२ मा [[मणिलाल गान्धी|मणिलाल]], सन् १८९७ मा [[रामदास गान्धी|रामदास]] र सन् १९०० मा [[देवदास गान्धी|देवदास]] जन्मिएका थिए । गान्धीजीले पोरबन्दरमा मिडिल स्कुल र राजकोटमा माध्यमिक विद्यालयको पढाई गरे जसमा उनको शैक्षिकस्तर एउटा औसत छात्रको रूपमा रह्यो । उनले आफ्नो [[मेट्रिक|मेट्रिकको परीक्षा]] [[भावनगर]], [[गुजरात]]को समलदास कलेजबाट गरे जहाँबाट उनलाई उत्तीर्ण गर्न साह्रै कठिनाई भएको थियो । जबसम्म उनी त्यस कलेजमा रहे उनी अप्रसन्न नै रहे किनभने उनको परिवार उनलाई [[बारिस्टर]] बनाउन चाहन्थे ।
[[चित्र:Gandhi and Kasturbhai 1902.jpg|thumb|सन् १९०२ मा गान्धी आफ्नो पत्नीसँग]]
 
===विदेशमै शिक्षा तथा वकालत गरे===
आफ्नो १९औं जन्मदिन आउन एक महिना अगावै ४ सेप्टेम्बर सन् १८८८ मा गान्धीजी यूनिभर्सिटी कलेज अफ लण्डनमा कानून संकाय पढ्न र [[वकील]] बन्नको लागि [[इङ्गल्याण्ड|इङल्याण्ड]], [[लण्डन]] गए । भारत छोड्ने बेलामा जैन भिक्षु बेचारजी समक्ष हिन्दूहरूले मासु, रक्सी तथा संकीर्ण विचारधारालाई त्याग्नको लागि आफ्नो आमालाई दिएको एक वचनले उनको शाही राजधानी [[लण्डन]]मा बिताएको समयमा निकै प्रभावित गर्‍यो । तसर्थ गान्धीजीले ''अङ्ग्रेजी'' रीति रिवाजको अनुभव पनि गरे जस्तै उदाहरणको रूपमा उनी त्यहाँ नृत्य कक्षाहरूमा जाने गर्थे तर पनि वहाँले आफ्नो घरबेटी द्वारा बनाइएको मासु तथा काउली पचाउन सकेनन् । आफ्नो आमाको इच्छाहरूको बारेमा जो केही उनले पढेका थिए उनलाई सीधै अपनाउनुको सट्टा वहाँले आफ्नो बौद्धिकता बाट[[शाकाहार|शाकाहारी]] भोजनलाई आफ्नो भोजनको रूपमा स्वीकार गरे । उनले शाकाहारी समाजको सदश्यतासदस्यता ग्रहण गरे र संस्थाको कार्यकारी समितिको लागि चयन पनि भए जहाँ यीनलेयिनले एउटा स्थानीय अध्यायको आधार राखे । पछाडीपछाडि उनले संस्थाहरू गठन गर्नमा महत्वपूर्ण अनुभवको परिचय दिँदै यसलाई श्रेय दिए । उनले जुन शाकाहारी मानिसहरूसँग भेट गरे त्यसमा केही थियोसोफिकल सोसाइटीका सदश्यसदस्य थिए जसको स्थापना सन् १८७५ मा विश्व बन्धुत्वलाई प्रवल गर्नको लागि गरिएको थियो जसलाई [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनको लागि समर्पित गरिएको थियो । त्यसै संस्थाका सदश्यहरूलेसदस्यहरूले गान्धीजीलाई ''[[श्रीमद्भगवद्गीता|भगवदगीता]]'' पढ्नको लागि प्रेरित गरे । [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] र अन्य धर्महरूका बारेमा पढ्न सुर्मा गान्धीजीले विशेष रूचि देखाएनन् । [[इङ्गल्याण्ड|इङल्याण्ड]] तथा [[वेल्स]] बार एसोसिएशनको माँगमा उनी भारत फर्कीएफर्किए तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता भेटेनमिलेन । त्यसै समयमा एउटा हाईस्कूल शिक्षकको रूपमा अस्थायी नोकरीको लागि अस्वीकार गरिएपछि उनले जाहेरीवालाहरूको लागि मुद्दा लेख्नका लागि राजकोटलाई नै आफ्नो स्थल बनाए, तर एउटा अङ्ग्रेज अधिकारीको मूर्खताको कारण उनलाई यो कारोबार पनि छोड्नु पर्‍यो । उनले यस घटनाको वर्णन आफ्नो आत्मकथामा आफ्नो दाजुको तर्फबाट परोपकारको असफल कोशिशकोकोसिसको रूपमा गरे । यसै कारणबाट उनले (सन् १८९३) मा एउटा भारतीय फर्मबाट नेटाल [[दक्षिण अफ्रिका]] जुन त्यसबेला अङ्ग्रेजी साम्राज्यको भाग थियो त्यहाँ एक वर्षको वकालत गर्ने करार स्वीकार गरेका थिए ।
 
== दक्षिण अफ्रिका (१८९३-१९१४)मा नागरिक अधिकारहरूको आन्दोलन ==