"सिसुपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
सिसुपाल र [[दन्तवक्र]] पूर्व जन्ममा जय र विजय नाम गरेका [[विष्णु|भगवान विष्णु]]का द्वार पाले थिए । एक दिन शनकादी ऋषिहरू भगवान विष्णुको दर्शन गर्न वैकुण्ठ गए । जय र विजयले शनकादी ऋषिहरूलाई विष्णुको दरबारमा प्रवेस गर्न नदिएकाले ऋषिहरूले तिमीहरू तिन जन्मसम्म राक्षस भएर जन्मनु परोस् र भगवान विष्णुसँग तिम्रो शत्रुता रहोस् भनेर श्राप दिए । ऋषिहरूको श्रापका कारण जय र विजय अर्को जन्ममा हिराण्यक्ष र हिराण्य कसेपु नामका दुइ शक्तीशाली दानवहरू भएर जन्मिए । हिराण्यक्ष र हिराण्य कसेपुलाई भगवान विष्णुलाई क्रमशः [[बराह अवतार]] र [[नृसिंह अवतार]] लगेर मारेका थिए । त्यस्तै उनीहरू अर्को जन्ममा [[रावण]] र [[कुम्भकर्ण]] नामका दुइ शक्तिशाली दानवहरू भएर जन्मिए । रावण र कुम्भकर्णलाई भगवान विष्णुले [[राम|श्रिराम अवतार]] लगेर मारे । तेस्रो जन्ममा उनीहरू सिसुपाल र दन्तवक्र नामका दुइ शक्तीशाली राक्षसहरू भएर जन्मिए त्यो बेला भगवान विष्णुले [[कृष्ण|कृष्ण अवतार]] लगेर मारेपछी उनीहरू मुक्त भएका थिए ।<ref name="सुकसागर"> सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर नामक पुस्तक</ref>
==सिसुपालको कथा==
सिसुपालको जन्म चेदी राज्यका राजाको घरमा भएको थियो । सिसुपाल जन्मने बेलामा उसका चारवटा आँखा थिए भने तिनवटा हात थिए । यस्तो अचम्मको बालक जन्मेकोमा चेदीराजलाई निकै चिन्ता भयो । उनले ज्योतिषहरूलाई बोलाएर शुभाशुभ विचार गर्न लगाए । ज्योतिषहरूले बालक निकै शक्तिशाली हुनेछ यो बालकलाई जस्को काखमा राख्दा यसका दुइ आँखा र एक हात झर्ने छ त्यसैको हातबाट यसको मृत्यु हुनेछ भन्ने कुरा बताए । यो समचार संसार भर फैलियो, संसारका सबै राजा तथा वीर पुरुषहरू त्यो बालकलाई हेर्न गए । यसै क्रममा भगवान कृष्ण पनि त्यो बालकलाई हेर्न गए । चेदी राजले त्यो बालकलाई सबैको काखमा राख्न लगाए । जब त्यो बालक भगवान कृष्णको काखमा राखे त्यसका आँखा र हात झरे । यो देखेर त्यो बालकको मृत्यु भगवान कृष्णको हातबाट हुने कुरा सबैलाई थाह भयो ।<ref name="सुकसागर"/> सिसुपालकी आमा भगवान कृष्णकी फुफु नाता पर्ने भएकीले भगवान कृष्णसँग फुपुको छोरा सम्झेर जती गल्ती गरेपनि यो बालकलाई नमार्नु भन्ने विन्ती गर्न थालिन् । फुफुका कुरा सुनेर कृष्णले यसका १०० वटा गल्तीलाई मैले माफ गर्ने छु तर १०० भन्दा बढी गल्ती गरेमा म सहन गर्न सक्न छैन भन्ने बचन दिएर फर्खिए । सिसुपाल ठुलो भएपछी कृष्णसँग निकै शत्रुता राख्न थाल्यो । भोजकटका राजाकी राजकुमारी [[रुक्मिणी]]सँग सिसुपालले विवाह गर्ने इछ्छा राखेको थियो । राजाले पनि रुक्मिणीको विवाह सिसुपालसँग गरिदिने विचारले विवाहको तयारी गरेका थिए । रुक्मिणीले भगवान कृष्णलाई मन मनै पति मानेकी थिइन् । रुक्मिणीलाई भगवान कृष्णले विवाह स्थलबाट हरण गरेर लगेकाले सिसुपाललाई कृष्णबाट अरु रिस उठ्यो उसले कृष्णको सय अपराध गर्यो । अन्तमा [[पाण्डव|पाण्डवहरू]]ले राजसुय यज्ञा गर्ने विचारले संसारका राजाहरू, वीर पुरुष र ऋषिहरूलाई निमन्त्रणा गरे । पाण्डवको राजसुयमा सिसुपाल पनि आयो । राजसुय यज्ञाको सुरुवातमा कसको पूजा गर्ने भनेर पाण्डवहरूका जेठा भाइ [[युधिष्ठिर]]ले सबैसँग सोधेपछी सिसुपाल बाहेक सबैले भगवान कृष्णको पूजा गरिनु पर्छ भन्ने सल्लाह दिए । भगवान कृष्णको पूजा गरेको देखेर सिसुपालले कृष्णको अपमान गर्दै ठुलाबडा ऋषिहरूलाई छोडेर गोठालाको पूजा गरिएको यो यज्ञामा बस्दैन भनेर आफ्नो घर फर्कन लाग्यो । [[अर्जुन]], [[भीमसेन]] लगायतका पाण्डवहरूले सिसुपाललाई भरसक सम्झाउने कोसिस गरे तर सिसुपालले कृष्णको अपमान गरेर गाली गर्न छोडेन । यो देखेर कृष्णले पनि सिसुपाललाई भरसक सम्झाउने कोसिस गरे तर उल्टै कृष्णसँग युद्ध गर्न थाल्यो । भगवान कृष्णले युद्ध गरेर सिसुपालला मारेपछी सिसुपालको शरिरबाट एक प्रतिविम्ब निस्केर कृष्णको शरिरमा गएर लिन भयो ।<ref name="सुकसागर"/>
==हेर्नुहोस्==
{{हिन्दू धर्म}}
==सन्दर्भ सामग्री==
{{reflist}}
==बाह्य लिंकहरू==
[[श्रेणी:पौराणिक पात्र]]
"https://ne.wikipedia.org/wiki/सिसुपाल" बाट अनुप्रेषित