"सिसुपाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: '''सिसुपाल''' द्वापर युगमा जन्मेको एक राजा थियो । सिसुपाल चेदी र... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''सिसुपाल''' [[द्वापर युग]]मा जन्मेको एक राजा थियो । सिसुपाल चेदी राज्यका राजा थियो । उसको राक्षसी स्वभावका कारण सिसुपाललाई पौराणिक ग्रन्थहरूमा [[राक्षस]] अथवा असुर भनिएको छ ।
==पूर्वजन्मको कथा==
सिसुपाल र [[दन्तवक्र]] पूर्व जन्ममा जय र विजय नाम गरेका [[विष्णु|भगवान विष्णु]]का द्वार पाले थिए । एक दिन शनकादी ऋषिहरू भगवान विष्णुको दर्शन गर्न वैकुण्ठ गए । जय र विजयले शनकादी ऋषिहरूलाई विष्णुको दरबारमा प्रवेस गर्न नदिएकाले ऋषिहरूले तिमीहरू तिन जन्मसम्म राक्षस भएर जन्मनु परोस् र भगवान विष्णुसँग तिम्रो शत्रुता रहोस् भनेर श्राप दिए । ऋषिहरूको श्रापका कारण जय र विजय अर्को जन्ममा हिराण्यक्ष र हिराण्य कसेपु नामका दुइ शक्तीशाली दानवहरू भएर जन्मिए । हिराण्यक्ष र हिराण्य कसेपुलाई भगवान विष्णुलाई क्रमशः [[
==सिसुपालको कथा==
सिसुपालको जन्म चेदी राज्यका राजाको घरमा भएको थियो । सिसुपाल जन्मने बेलामा उसका चारवटा आँखा थिए भने तिनवटा हात थिए । यस्तो अचम्मको बालक जन्मेकोमा चेदीराजलाई निकै चिन्ता भयो । उनले ज्योतिषहरूलाई बोलाएर शुभाशुभ विचार गर्न लगाए । ज्योतिषहरूले बालक निकै शक्तिशाली हुनेछ यो बालकलाई जस्को काखमा राख्दा यसका दुइ आँखा र एक हात झर्ने छ त्यसैको हातबाट यसको मृत्यु हुनेछ भन्ने कुरा बताए । यो समचार संसार भर फैलियो, संसारका सबै राजा तथा वीर पुरुषहरू त्यो बालकलाई हेर्न गए ।
|