"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
'''रोपाइ जात्रा''' [[आषाढ|असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन्।
==रोपाइँजात्र मनाउने तरिका==
रोपाइँ जात्रालाई [[कर्णाली अञ्चल]]का जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाइँजात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर [[जुम्ला जिल्ला]]मा रोपाइँजात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाइँजात्रा गरिन्छ । चोपाइ गराउने व्याक्तीले आफ्नो [[खेत]]को रोपाइँको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा रोपाइँ गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाइँजात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछी नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछी तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछी पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागी नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पायपछी गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्राय रोपाइँजात्रमा रोपाइँको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाइँजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/415701" बाट अनुप्रेषित