"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३०:
शारीरिक बनावट सामान्य भइसकेको छ। मोटाएका छन, नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ। यो पनि बिस्तारै पुरिँदै आएको छ। बाहिरबाट हेर्दा अरू खोट देखिँदैन। उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन्। दूध र बिस्कुट दिए खुसी हुन्छन्। उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन। झर्किएर गाली गरे खान मान्दैनन्। उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्‍यो। मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो। सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो। त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको [[बाँसबारी]]स्थित न्युरो अस्पताल पुर्‍याए। छ महिनापछि फेरि घर ल्याइयो। 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन।<ref>{{cite web| title= जिउँदा शहीद भन्छन्- आश्चर्य भइदिओस|url=http://www.merolinks.com/nepali-blogs/%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A6-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%AD%E0%A4%87%E0%A4%A6%E0%A4%BF/| publisher='''Merolinks.com'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो। पोखरामा सैनिकको गोलीबाट [[काभ्रेपलाञ्चोक जिल्ला]], [[उग्रचण्डी नाला]]का [[भीमसेन दाहाल]]को मृत्यु भैसकेको थियो। भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो। शव लिन नालाबाट [[धुलिखेल नगरपालिका|धुलिखेल]] आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो। [[शिवहरि कुँवर]] घटनास्थलमै मारिए भने मुकेश घाइते भए। मुकेशसँगै बनेपाकै [[बिक्रम कपाली]]लाई गोलीको छर्राले लाग्यो। उनलाई भारतमा उपचारपछि निको भइसकेको छ। बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन। भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए। शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरूले आगो लगाएर ध्वस्त बनाइदिए। तत्काल बनेपाकै [[शीर मेमोरियल अस्पताल]] लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो। उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए। <ref name=Muk-janaastha>{{cite web| title= कसैले नबाँचोस् यस्तो जीवन|url=http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=6406| publisher='''जनआश्था दैनिक'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
अस्पतालबाट बनेपा ल्याइएको केही दिनपछिदेखि नै उपचारमा दलहरूले ध्यान नदिएको भन्दै स्थानीय युवाले [[अरनिको राजमार्ग]] बन्द गराएपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्युरो सर्जनमा लगी उपचार शुरु गरिएको थियो। त्यहाँ नियमित छ महिनासम्म उपचार गराएपछि २०६४ भाद्र ७ गते बनेपा फर्काइयो। सरकारले मुकेशका लागि शुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो। बनेपामा होटल ब्यवसाय गर्दै आएका मुकेशका परिवारको मुकेश घाइते भएपछि पसल नै बन्द भएको थियो।<ref name=Muk-janaastha/>
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित