"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
दमक:- पुर्वि नेपालको बिकसित शहर हरु मध्य एक हो १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरु छन जस्तै:- लिम्बु,राई,गुरुङ मगर,तामाङ,धिमाल,क्षेत्रि,बाहुन,राजवंशि,थारु,दमाइ,कामि इत्यादि । दमक को पुर्वमा रतुवा खोला र पस्छिममा मावा खोला छ । दमकको रतुवा पुल पुर्वि नेपालको लामो पुल हरुमध्ये एक हो .यस्को लम्बाई ५८३ मि. छ । २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसन्ख्या थियो । दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो । यहा को कुल जमिन ७५१३ हेक्टर छ जस्मा १४०६.७ हेक्टर मा घर हरु छन र ५५८६.३० हेक्टर मा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरुले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७ को सर्वेक्षण अनुसार दमक मा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैया को थियो। जन सन्ख्या को बृदि दर बर्ष को ५.१४ प्रतिसत ले हुने देखायेको थियो २०४७/०४८ को थियो सर्वेक्षण मा। ०५६/०५७ को सर्वेक्षण मा यहा ८८ कल कारखाना,१०११ दोकान,२४४ होटल,र ९ आर्थिक कारोबारको कार्यलयहरु यानिकि बैंक । ५३२ सडक बत्ति,१,११४ टेलिफोन लाइन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमककै १९ नम्बर वर्ड वर-पर फैलिएको छ जुन राज खानदान को लगानि रहेको छ । उत्तर देखि दक्षण तिर फैलियेको यो शहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठुलो छ । दमकको सबैभन्दा ठुलो सब्जि बजार,खाने पनि ट्यान्कि तथा कार्यलय,टेलिफोन टावर तथा कार्यलय,दमक नगरपालिकाको कार्यलयहरु सबै बजार इलाकामा पर्दछ । ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कुलहरु दमक थियो र जिल्ला कै सबै भन्दा नम्बर १ स्कुल दमकको सुर्योदय इन्ग्लिश स्कुल परेको थियो । दमकमा १ हुलाक छन भने स्कुलहरु सरकारि तथा निजि :- प्राइमरि तहा का ३८,सेकेन्डरि मुनि का ७, सेकेन्डरि तह का ९,प्रमाण पत्र तह का ३, टेक्नोलोजि इन्स्टिचुसन CTEVT मात हत मा १, र क्याम्पस २,
मनोरन्जन को कुरा मा दमक मा ३ वटा सिनेमा हल हरु छन जस्तै :-(१)निकन्ठ चित्र मन्दिर,(२)दमक चित्र मन्दिर (३)पाथिभरा चित्र मन्दिर
जस मध्ये पाथिभारा र निलकण्ठ म अत्याधिक मात्रामा नेपालि सिनेमा लग्ने गर्छ भने दमक चित्र मन्दिरमा प्राय नया हिन्दि सिनेमा लाग्ने गर्छ । दमक को टेलिफोन टावर सम्भवत नेपाल को अग्लो टावरहरु मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ । धरान पछि सर्वाधिक किरात तथा ब्रिटिश लाहुरेहरुको बसोबास भयेको शहर म पर्दछ दमक।
 
==जनसंख्या==