"रुद्राक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
==रुद्राक्षको नाम र त्यसको उपयोग==
* '''एकमुखे रुद्राक्ष''' :यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
* '''द्विमुखी रुद्राक्ष''' :सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप
* '''त्रिमुखी रुद्राक्ष''' :ऐश्वर्य प्रदान गर्ने ।
* '''चतुर्थमुखी रुद्राक्ष''' :धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
* '''पंचमुखी रुद्राक्ष''' :सुख प्रदान गर्ने ,सन्तान सुख।
* '''षष्ठमुखी रुद्राक्ष''' :पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।
* '''सप्तमुखी रुद्राक्ष''' :दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
* '''अष्टमुखी रुद्राक्ष''' :श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
* '''नवममुखी रुद्राक्ष''' :भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
* '''दसमुखी रुद्राक्ष''' :विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
* '''एघार मुखी रुद्राक्ष''':भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
* '''बाह्र् मुखी रुद्राक्ष''' :भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
* '''तेह्र् मुखी रुद्राक्ष''' :इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
* '''चौध मुखी रुद्राक्ष''' :हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
 
रुद्राक्ष नेपालको अतिरिक्त, [[बर्मा]], [[इङ्गल्याण्ड]], [[बंगलादेश]] तथा [[मलेशिया]]मा समेत अत्यधिक पाइने गर्दछ । भारतको [[बिहार]], [[बंगाल]], [[मध्य प्रदेश]], [[आसाम]] तथा [[महाराष्ट्र]] पनि पाइन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । यस्को बोट १८-२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ । यस्को फल गोलाकार,१.३-२ सेमी व्यास तथा काँचो अवस्थामा हरियो रङ्गको हुन्छ । यस्को बीजलाई रुद्राक्ष भनिन्छ । यस्को पुष्पकाल तथा फलकाल फेब्रुअरी देखि जुन सम्म हुन्छ । रुद्राक्षका केही औषधीय गुणहरु निम्नानुसार रहेका छन् :
"https://ne.wikipedia.org/wiki/रुद्राक्ष" बाट अनुप्रेषित