"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
'''एसोसिएशन फुटबल''' जसलाई प्राय: '''फुटबल''' ([[अंग्रेजी]]: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा '''सकर''' भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो । यो एउटा [[सामुहिक खेल]] हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ । फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा [[कृत्रिम घाँस]] भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा [[गोलपोस्ट]] हुन्छ । खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो । खेलमा [[गोलरक्षक (फुटबल)|गोलरक्षक]] नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ । समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन । तथा कहिले काहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन । जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ । खेलको अन्त अर्थात समय समाप्ति सम्म यदि स्कोर बराबर रहेमा त्यस खेललाई बराबर वा ड्र घोषित गर्न सकिन्छ अथवा खेललाई [[अतिरिक्त समय (खेल)|अतिरिक्त समय]]मा लिएर जानु र पेनाल्टी शूट आउट द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ ।
 
आधुनिक फुटबललाई [[इङ्गल्याण्ड]]मा ''द फुटबल एसोसिएशन'' (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ''लव्ज अफ द गेम'' (खेलको कानून ) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा [[फिफा|एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ|फीफा]] भनिन्छ, गर्छ । फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता [[फिफा विश्वकप|फिफा विश्व कप]] हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक [[ओलम्पिक खेल|ग्रीष्मकालीन ओलम्पिक खेलहरु]] लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ ।
 
 
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित