"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वेवसाइट wordpress.com को लिङ्क हटाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ८:
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा(वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका [[बाँके जिल्ला|बाँके]], [[बर्दिया जिल्ला|बर्दिया]], [[कैलाली जिल्ला|कैलाली]] र [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]) सन् १८६५मा नेपाललाई फर्काइयो जसलाई [[नयाँमुलुक]] भनिन्छ।
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि [[एडवार्ड गार्डनर]] नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई [[लाजिम्पाट]] भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को [[सदाको निम्ति शान्ति एवं मैत्री सन्धि]] डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो।
== सुगौली सन्धिअघि ==
सुगौली सन्धि हुनु अघि [[दार्जीलिङ्ग|दार्जीलिंग]], पूर्वमा [[टिस्टा]]सम्म, दक्षिण-पश्चिममा [[नैनीताल]], [[कुमाउँ]], [[गडवाल]] र पश्चिममा [[बशाहर]]सम्म नेपालको भूभाग थियो। परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् ।
== नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन==
पङ्क्ति ३१:
सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ।
१. सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्।
२. परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा [[कालापानी]], [[लिम्पियाधुरा]], [[सुस्ता]], [[मेची अञ्चल|मेची]]क्षेत्र, [[टनकपुर]], सन्दाकपुर, [[पशुपतिनगर]], हिले थोरी आदि हुन्।
==यो पनि हेर्नुहोस्==
*[[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]]
*[[:en:List of treaties|सन्धिहरूको सूची]]
*[[सिक्किम]]
|