"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
[[चित्र:Young Gandhi.jpg|right|thumb|युवा गान्धी (सन् १८८६)]]
मोहनदास करमचन्द गान्धीको जन्म [[पश्चिमी भारत]]को वर्तमान [[गुजरात]]मा [[पोरबन्दर]] नामक स्थानमा [[२ अक्टोबर]] [[१८६९]] एक तटीय शहरमा भएको थियो । उनको पिता करमचन्द गान्धी [[हिन्दू धर्म|हिन्दू]]को मोध समुदायसँग सम्बन्धित थिए र [[ब्रिटिश राज|अङ्ग्रेजको अधीनस्थ भारतको]] काठियावाडमा एउटा सानो [[रजौटा|रियासत]] [[पोरबन्दर|पोरबन्दर प्रान्त]]को [[दीवान (शीर्षक)|दीवान]] अर्थात प्रधानमन्त्री थिए । परनामी [[वैश्य|वैष्णव]] हिन्दू समुदायकी उनकी माता पुतलीबाई करमचन्दकी चौथी स्वास्नी थिइन्, उनका पहिला तीन स्वास्नीहरू प्रसवको समय मरेका थिए । भक्ति गर्ने आमालाई देखरेख र त्यस क्षेत्रको [[जैन धर्म|जैन]] परम्पराहरूको कारण युवा मोहनदास माथि प्रारम्भिक प्रभाव चाँडै नै परेको थियो जसले उनको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यी प्रभावहरूमा दुर्बलहरूमा जोशको भावना, [[शाकाहार|शाकाहारी जीवन]], आत्मशुद्धिको लागि [[उपवास]] तथा विभिन्न जातिका मानिसहरूको बीच सहिष्णुता सामेल थिए । सन् १८८३ मे मा जब उनी १३ वर्षका थिए तब उनको विवाह १४ वर्षकी [[कस्तूरबा गान्धी|कस्तूरबा माखनजी]]सँग भयो । जसको पहिलो नाम छोटोमा ''कस्तूरबा'' थियो र उनलाई मानिसहरू प्रेमले ''बा'' भन्थे । यो विवाह एक व्यवस्थित [[बाल विवाह]] थियो जुन त्यस समय त्यस क्षेत्रमा प्रचलित थियो । सन् १८८५ मा जब गान्धीजी १५ वर्षका थिए तब यीनको पहिलो सन्तानले जन्म लिए तर उनी केही दिन मात्र जीवित रहे र यसै वर्षको प्रारम्भमा गान्धीजीका पिता करमचन्द गाधी पनि परमधाम भए । मोहनदास र कस्तूरबाको चार सन्तान भए जसमध्ये सबै छोरा थिए [[हरिलाल गान्धी|हरिलाल]] सन् १८८८ मा जन्मिएका, [[मणिलाल गान्धी|मणिलाल]] सन् १८९२ मा जन्मिएका, [[रामदास गान्धी|रामदास]], सन् १८९७ मा जन्मिएका, र [[देवदास गान्धी|देवदास]] सन् १९०० मा जन्मिएका थिए । गान्धीजीले पोरबन्दरमा मिडिल स्कूल र राजकोटमा माध्यमिक बिद्यालयको पढाई गरे जसमा उनको शैक्षिक स्तर एउटा औसत छात्रको रूपमा रहयो । उनले आफ्नो [[मेट्रिक|मेट्रिकको परीक्षा]] [[भावनगर]] [[गुजरात]]को समलदास कलेजबाट गरे जहाँबाट उनलाई उतिर्ण गर्न खासै कठिनाई भएको थियो । जब सम्म उनी त्यस कलेजमा रहे उनि अप्रसन्न नै रहे किन भने उनको परिवारले उनलाई [[बारिस्टर|बारिस्टर]] बनाउन चाहन्थे ।
[[चित्र:Gandhi and Kasturbhai 1902.jpg|thumb|गान्धीसन् १९०२ उनकीमा पत्नीगान्धीजी [[कस्तूरबाआफ्नो गान्धी|कस्तूरबा]]पत्नी (सन् १९०२)सँग]]
 
===विदेशमै शिक्षा तथा वकालत गरे===