"शिव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
| Devanagari = {{lang|sa|शिव}}
| God of = Destruction
| Affiliation = [[शिव|महादेव]] ([[त्रिमुर्ती]])
| Mantra = [[ओम नम शिवाय]]
| Weapon = [[त्रिशुल]]
| Consort = [[दक्षयणीसतिदेवी|सती]], [[पार्वती]]
| Abode = [[कैलास पर्वत]]<ref>For the name ''Kailāsagirivāsī'' (''Sanskrit'' कैलासिगिरवासी [[Bengali alphabet|Bengali]]:বাবা সিভ ), "With his abode on Mount Kailāsa", as a name appearing in the ''Shiva Sahasranama'', see: {{Harvnb|Sharma|1996|p=281}}.</ref>
| Mount = [[नन्दी (साँढे)]]
पङ्क्ति १६:
'''शिव''' [[हिन्दू धर्म]]का प्रमुख [[देवता]]हरू मध्ये एक हुन्। [[भगवान्]]को [[त्रिमूर्ति|तीन रूप]]हरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न [[सम्प्रदाय]]हरू मध्ये [[शैव]] सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो [[शिवलिङ्ग]]को रूपमा [[पूजा]] गर्ने गरिन्छ।
 
'''शिव''' [[हिन्दू धर्म|हिन्दू]] धर्मको प्रमुख [[देवता]]हरू मध्यको एक [[ईश्वर]] को रुप हो। [[वेद]]मा यिनको नाम [[रुद्र]] भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी ([[शक्ति]])को नाम [[पार्वती]] हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक [[स्कन्द]] र अर्का [[भगवान गणेश|गणेश]] हुन्। हिन्दू मान्यता अनुसार [[ब्रह्मा|ब्रह्माजी]] यो संसारका सृष्ठीकर्ता हुन् भने [[विष्णु|भगवान विष्णु]] यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्। श+िव= शिव मिलेर बनेको शिवको नामको "ि" लाई हटाएमा "शव" शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा [[जोगी समुदाय|योगी]]को रूपमा देखिन्छन् र उनको [[पूजा]] [[लिंग]]को रूपमा गरिन्छ।
भगवान शिवलाई [[संहार]]को देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै [[ज्योतिष]] शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।
 
पङ्क्ति २३:
*निलो घाँटी भएका (नीलकण्ठ)
*जटा परेको कपाल (जटाधारी)
*शिरमा [[गंगा नदी|गंगा]] भएका (गंगाधर)
*शरीरमा [[खरानी]] धस्ने (भष्मांगर)
*[[बाघ]]को छाला ओढ्ने (बाघम्बर)
पङ्क्ति ४१:
 
== व्यक्तित्व ==
शिवमा परस्पर विरोधी भावहरूको सामंजस्य हेर्न पाइन्छ। शिवको टाउकोमा एकातिर [[चन्द्रमा]] छ, भने दोस्रो तिर महाविषधारी [[सर्प]] पनि उनको घाँटिमा माला छ। उनि अर्धनारीश्वर भएर पनि कामजित छन्। गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी छन्। सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र छन्। शिव परिवार पनि यसले अछूता छैनन्। उनको परिवारमा भूत-प्बालुवा, नंदी, सिंह, सर्प, मयूर तथा मूषक सबैको समभाव देख्न सकिन्छ। उनि स्वयं द्वंद्वहरू देखि रहित सह-अस्तित्वको महान विचारका परिचायक छन्। यस्तो महाकाल शिवको आराधनाको महापर्व [[महाशिवरात्री|शिवरात्री]] हो।
 
शिवरात्रि व्रतको पारणा चतुर्दशीमा नै गर्नु पर्छ। जुन चतुर्दशीमा पारणा गर्दछ, त्यो समस्त तीर्थहरूको स्नानको फल प्राप्त गर्दछ। जुन मनुष्य शिवरात्रिको उपवास गर्दैन, त्यो जन्म-मरणको चक्रमा घुम्दै रहन्छ। शिवरात्रिको व्रत गर्ने यस लोकको समस्त भोगहरूलाई भोगेर अन्तमा शिवलोकमा जान्छन्।<ref> शिवपुराण</ref>
 
== पूजन ==
शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नु पर्छ। शिवको बिल्वपत्र ([[बेल]]को पात]] , [[धतुरो]]को फूल, प्रसादमा [[भाङ]], [[चरेस,लागुपदार्ध|चरस]] अति प्रिय छन्। एवम् यिनको पूजाको लागि [[दूध]], [[दही]], [[घिउ]], [[चिनी|सख्खर]], [[मह]] यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमा यिनीहरूको उपयोग गर्नु पर्छ। एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्‍याउने । अन्तमा भाङको प्रसाद चढाउने । जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ। शिवको त्रिशूल र डमरूको ध्वनि मंगल, गुरु देखि संबद्ध छन्। चन्द्रमा उनको मस्तकमा विराजमान भएर आफ्नो कान्ती देखि अनन्ताकाशमा जटाधारी महामृत्युंजयलाई प्रसन्न राखेमा बुधादि ग्रह समभावमा सहायक बन्दछन्। सप्तम भावको कारक शुक्र शिव शक्तिको सम्मिलित प्रयासले प्रजा एवं जीव सृष्टिको कारण बताइन्छ। महामृत्युञ्जय मन्त्र शिव आराधनाको महामन्त्र हो।
 
== ज्योतिर्लिंग ==
पङ्क्ति ७९:
|}
{{Ref_label|द्वादश|क|none}}
धेरै विद्वानहरूको मतानुसार माथि उल्लेखीत १२ ज्योतिर्लिंगहरूमा केदारनाथ र नेपाल [[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]]लाई मिलाएर एक ज्योतिर्लिंग मानिन्छ। [[महाभारत]]को युद्व पछी [[पाण्डव]]हरू गोत्र हत्याको पापबाट मुक्त हुनको लागी भगवा शिवको दर्शन गर्न जाँदा भगवान शिवले केदारखण्डमा [[जनावर|पशु]]को रुप धारण गरेर चर्दै गरेका थिए। पाण्डवहरू आएको देखेर पशुरुपी शिव जमिनमा भसिए पछी पाण्डवहरूले पशुरुपी शिवको पुछरमा समातेर तान्न थाले। त्यसै बेला भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन्छ।<ref>केदारनाथको महिमा नामक हिन्दी पुस्तक</ref>
{{Ref_label|द्वादश|क|none}} हिन्दुहरूको मान्यता छ कि जुन मनुष्य प्रतिदिन प्रात:काल र संध्याको समय यिनी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उनको सात जन्महरूमा गरेको पाप भए पनि यिनी लिंगहरूको स्मरण मात्र गरेमा नास हुन्छ। <ref>शिवपुराण</ref>
 
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित