"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२४:
 
महात्मा गान्धी सन् १९३७ देखि सन् १९४८ को बीचमा पाँच पटक [[नोबेल शान्ति पुरस्कार|शान्तिको नोबेल पुरस्कार]]को लागि मनोनित भए जसमा अमेरिकन फ्रेंड्स सर्विस कमिटीद्वारा दिइएको नामाङ्कन पनि सामेल छ ।<ref>[http://www.afsc.org/about/nobel/past-nominations.htm AFSCको पूर्व नोबेल नाआमाकन].</ref> तर यो पुरस्कार गान्धीलाई कहिल्यै पनि प्राप्त भएन । दशकौं पश्चात् नोबेल समितिले आफ्नो यस भूल प्रति खेद भएको सार्वजानिक रूपमा घोषित गर्‍यो । र उनीहरूले यो पनि स्वीकार गरे कि पुरस्कार नदिनुको कारण विभाजित राष्ट्रिय विचार रहेको थियो । महात्मा गान्धीलाई यो पुरस्कार सन् १९४८ मा दिन लागिएको थियो तर उनको हत्याको कारण यसलाई रोकियो । त्यस वर्ष दुई नयाँ राष्ट्र [[भारत]] र [[पाकिस्तान]]बीचमा युद्ध आरम्भ हुनु पनि एउटा जटिल कारण थियो ।<ref>अमित बरुआ [http://www.hindu.com/2006/10/17/stories/2006101704971200.htm "गान्धीलाई नोबेल पुरस्कार नदिइनु ठूलो भूल थियो"].''[[द हिन्दू]] ([[:en:The Hindu|The Hindu]])'',२००६. [[१७ अक्टोबर]] ([[:en:17 October|17 October]]) [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref> गान्धीको मृत्यु वर्ष सन् १९४८ मा पुरस्कार यस कारणबाट दिइएन किन भने त्यस समय कोई जीवित योग्य उम्मेदवार थिएनन् । जब सन् १९८९ मा [[तेनजिन ग्यातसो|दलाई लामा]]लाई यस पुरस्कारले पुरष्कृत गरियो त्यस समय यस समितिका अध्यक्षले भने '''यो महात्मा गान्धीको यादमा श्रद्धाञ्जलीको नै एउटा हिस्सा हो ।'''<ref>ओयेविंद टोंनेस्सों [http://nobelprize.org/nobel_prizes/peace/articles/gandhi/index.html महात्मा गान्धी, बिर्सिएका सम्मानित व्यक्ति] नोबेल-ई-संग्रहालय शान्ति सम्पादक/सम्पादन, १९९८-२०००।[[२१ मार्च]] [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref>
[[चित्र:Gandhi Memorial.jpg|thumb|leftright|[[राज घाट]], [[नयाँ दिल्ली]] [[भारत|भारतमा]] त्यस स्थानलाई अङ्कित गर्दछ जहाँ सन् १९४८ मा गान्धीको दाह-संस्कार भएको थियो ।]]
भारत सरकारले सन् १९७१ मा बिरला भवन (वा बिरला हाउस),नयाँ दिल्ली अधिग्रहण गर्‍यो जहाँ सन् १९४८ जनवरी ३० मा गान्धीको हत्या गरिएको थियो र यो सन् १९७३ मा गान्धी स्मृतिको रूपमा जनताको लागि खोलिएको थियो । यो स्मृतिले त्यस कोठालाई संरक्षण गरेको छ जहाँ गान्धीले आफ्नो अन्तिम समयको चार महिना बिताएका थिए र त्यो मैदान पनि जहाँ राती हिडडुलका लागि गएकै बेला उनको हत्या गरिएको थियो । यहाँ रहेको एउटा शहीद स्तम्भले त्यस स्थानलाई अङ्कित गर्दछ जहाँ उनको हत्या गरिएको थियो ।
 
प्रति वर्ष ३० जनवरीको दिन महात्मा गान्धीको पुण्यतिथिमा कतिपय देशको स्कूलहरूमा [[:en:School Day of Non-violence and Peace|अहिंसा र शान्तिको दिन]] मनाइन्छ जसको स्थापना सन् १९६४ [[स्पेन]]मा भएको थियो । दक्षिणी गोलार्द्धको क्यालेण्डर प्रयोग हुने ठाउँमा ३० मार्चमा यो दिवस मनाइन्छ ।