"काठमाडौँ" का संशोधनहरू बिचको अन्तर

परिचय अनुच्छेद सम्पादित
पङ्क्ति ७८:
 
== इतिहास ==
पुरातात्विक रुपले काठमाडौँमा मानव वस्ती धेरै प्राचीन समयदेखि रहेको पाइन्छ। काठमाडौँमा नवपाषाण युगका अवशेषहरु भेट्टाइएका छन। काठमाडौंको मालीगाउँमा १८५ इसंको मूर्ति सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो। चावहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित धन्दो चैत्य करिब दुई हजार वर्ष पुरानो चैत्य हो।
===प्राचीन काल===
काठमाडौं नगरको प्राचीनतम् इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुबाट प्राप्त गर्न सकिन्छ। यस्ता ग्रन्थहरु तथ्यपरक भन्दा पनि भावात्मक हुने भएकाले यिनीहरुलाई ठोस प्रमाणको रुपमा भने लिन सकिन्न। यस्ता ग्रन्थहरु मध्ये एक प्रमुख ग्रन्थ [[स्वयम्भू पुराण]] हो। यो ग्रन्थ अनुसार काठमाडौं उपत्यका प्राचीन समयमा एक दह थियो। यस दहको नाम नागदह थियो। महाचीनबाट बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले यस दहमा आलौकिक रश्मि देखेर यहाँ मानव वस्ती निर्माण गर्ने निधो गरे। उनले यस दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रह्रास खड्गले प्रहार गरेर यहाँको पानी निकास गरिदिए। तत्पश्चात, वर्तमान काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे। वर्तमान काठमाडौंको मजिपात (मञ्जुपत्तनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।
 
गोपाल राजवंशावली संस्कृत र नेपालभाषामा लिखित नेपालको राजवंशावली हो। यस वंशावलीको पहिलो केही पृष्ठहरु अनुपलब्ध छन। यस वंशावलीका उपलब्ध पृष्ठहरु अनुसार नेपालमण्डलमा (काठमाडौं लगायत उपत्यका वरिपरिका क्षेत्रमा) गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुले शासन गरेका थिए।
 
काठमाडौं केन्द्रित किरात राजा यलम्बरले महाभारत युद्धमा सहभागी भएको भन्ने विश्वास छ। साथै, सातौं किरात राजा जितेदास्तीको समयमा बुद्ध वा बौद्ध भिक्षुहरु काठमाडौं उपत्यका आएको पनि ग्रन्थहरुमा उल्लेख गरिएको छ। यसकालमा काठमाडौँमा यम्बु भन्ने मुख्य वस्ती थियो र यँगाल भन्ने (मञ्जुपत्तन निकट) सानो वस्ती थियो। काठमाडौंलाई अहिले पनि केही भोट-बर्मेली भाषाहरुमा यही नामबाट "यम्बु" भनिने गरिन्छ। साथै, नेपालभाषामा काठमाडौंको नाम येँ पनि यही शब्दबाट उत्पन्न भएको नाम हो।
 
लुम्बिनीमा शाक्य वंश माथि विरुढकद्वारा आक्रमण भएपश्चात बचेका शाक्य र कोलियहरुको आगमन पश्चात काठमाडौँमा रहेका बस्तीहरुको नाम यम्बुबाट कोलिग्राम र यँगालबाट दक्षिणकोलिग्राममा परिवर्तन भए।
 
==शैक्षिक संस्थाहरू==
"https://ne.wikipedia.org/wiki/काठमाडौँ" बाट अनुप्रेषित