"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
लेखाधिकार उल्लंघन? कुनै पुस्तिकाबाट सिधै राखिएको पाठ जस्तो देखियो।
पङ्क्ति ५:
[[बुद्ध]] भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई '''सम्यक सम्बुद्ध''' भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति । बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधको उपाय ।" शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था '''निर्वाण'''को साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
 
== भगवान गौतम बुद्धको पवित्र जन्मस्थल ==
 
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल [[लुम्बिनी]], वहाँको गृहराज्य [[कपिलवस्तु]]का महत्वपूर्ण स्थलहरु तथा मावली देवदह र रामग्रामका सम्बन्धमा संक्षिप्त जानकारी प्रदान गर्न लुम्बिनी विकास कोषबाट प्रकाशित यो सानो पुस्तिका अध्ययन गर्न लाग्नु भएकोमा यहा प्रति कोष आभार व्यक्त गर्दछ । यो संक्षिप्त पुस्तिकाबाट विश्वमानव जगतकै अत्यन्त महत्वपूर्ण स्थलहरुको बारेमा बिस्तृत जानकारी लिन सम्भव नभए पनि पाठकले मूख्य–मूख्य जानकारी भने अवश्य लिन सक्नुहुनेछ भन्नेमा कोष आशावादी रहेको छ । थप जानकारी लिन उत्सुक पाठकहरुले कोषमा सम्पर्क राख्न वा सम्बन्धित विषयवस्तुका बारेमा प्रकाशित विभिन्न सामग्रीहरुको अध्ययन गर्न सक्नुहुनेछ ।
== लुम्बिनीको परिचयः ==
लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सात पाइला हिंड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल [[विश्व सम्पदा क्षेत्र|विश्व सम्पदा सूचीमा]] समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।
"https://ne.wikipedia.org/wiki/बुद्ध_धर्म" बाट अनुप्रेषित