"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ४:
श्री बम्म पछी जितारी बम्म, शक्ति बम्म, बजुर बम्म, विक्रम बम्म, सुपी बम्म र सुधर शाही क्रमैसँग राजा हुँदै आए। वि.सं. १६२५ मा राजा प्रताप शाहीको पालामा दुल्लु र विलासपुर राज्य केही समयका लागी पुनः एकिकरण भएको थियो। दुइवटा राज्य एकिकृत भएकोमा राज्यको क्षमतामा वृद्धी त भयो तर दुई अलग अलग राज्यमा राखिएका उत्तराधिकारीहरूको अधिकारमा कटौती हुने भएकोले दुवै राज्यलाई अलग अलग रहन दिनकोलागी राजा प्रताप शाहीमाथी दवाब बढ्न थाल्यो। यसरी आफूमाथी दवाब परेकोले बुढा राजा प्रताप शाहीले राजपाठ छोडी सन्यास लिएर खलेटाकुरा भन्ने स्थानमा गएर बस्न थाले। प्रताप शाही खले टाकुरा हिंडेपछि दुल्लु राज्य राजा विहिन भएकाले दुल्लुका जनताले प्रताप शाहीका माइला भाई छडुङ्का राजा जसराजलाई ल्याएर केही समयको लागी दुल्लुको राजगद्दीमा बसालेका थिए। त्यसपछि दुल्लु राज्यमा प्रताप शाहीका जेठा छोरा मान शाही बसे भने विलासपुर राज्यमा संग्राम शाही बसे। यसरी फेरी दुल्लु र विलासपुर राज्य छुट्टिन पुगे। त्यसपछि कर्ण शाही, तीलमान शाही, सुर्तान शाही, माद् शाही, भान शाही, रुद्र शाही, प्रताप शाही, हरिनारायण शाही, सङ्ग्राम शाही द्वितिय र वि.सं. १८४६ [[कात्तिक]]सम्म कर्ण शाही द्वितिय क्रमैसँग विलासपुर राज्यका राजा बने। विलासपुर राज्यका अन्तिम शासक कर्ण शाही घमण्डी पाराका भएकाले तिनको राज्यकालमा छिमेकी राज्य दुल्लु, जाजरकोट र सल्यानसँग राम्रो सम्बन्ध रहेको थिएन। त्यसका साथै उनले जुम्ला राज्य र [[डोटी राज्य]]सँग मिलेर [[नेपाली सेना]]को पश्चिम विजय अभियानमा गोर्खाली सेनालाई आफ्नो राज्यबाट जुम्ला जाने बाटो नदिएका हुनाले पनि गोर्खाली सेना उनबाट क्रुद्ध थियो। <ref name= "Kirtikhamba"/>
==गोर्खाली सेनाको आक्रमण==
गोर्खाली सेनाले १८४६ [[असोज|आश्विन]] ३ गतेका दिन जुम्ला राज्य जितीसकेपछि सरदार [[कालु पाँडे]] र शत्रुसाधन शाहीको नेतृत्वमा २ कम्पनी सैन्य टोली सुर्खेतको बाटो विलासपुर पुगेर ठुलो मारकाट, लुटपात, भीषण आगजनी र आतंक मच्चाएक थियो। गोर्खाली सेना विलासपुर पुग्दा राजा कर्ण शाही त्यहाँबाट भागीसकेका थिए। कर्ण शाहीकी गर्भवती रानीलाई बिजौराका चौतरिया सिंहहरूले [[बडाभैरव]]को जंगलमा रहेको ओढारमा लुकाएका थिए। पछी यिनै रानीको गर्भबाट कर्ण शाहीका छोरा पर्मान शाहीको जन्म भयो। कर्ण शाहीलाई फेला नपारेको रीसमा राजपरिवारका भाग्न न सकेका सदस्य तथा भारदारहरू गोर्खाली सेनाद्वारा काटिएका थिए। राज दरबार र शहरभरी आगो लगाइयो। त्यहाँ भएका हात हतियार तथा बहुमुल्य वस्तुहरू लुटिए। गोर्काली सेनाको आधिपत्य स्विकार गरेकाले दुल्लु राज्यले २०१९ सम्म दुल्लु राज्यको मान्यता र नेपाल सरकारको खान्गी। उपभोग गरिरह्यो भने कर्ण शाहीका कारण विलासपुर राज्यले धनजनको ठुलो क्षेती व्यहोर्दै वि.सं. १८४६ कर्तिक महिना मै आफ्नो अस्तित्व गुमाउन पुग्यो। यही विवत्स घटका कारण विलासपुर राज्यसँग सम्बद्ध जम्मा चारवटा मात्र ऐतिहासिक अभिलेखहरू प्राप्त भएका छन्।<ref name= "Kirtikhamba"/>
==राज्य पतन पश्चात==
विलासपुर राज्यको पतन भएपछि पुनः दैलेखका विभिन्न मठमन्दिरहरूको निर्माण तथा जिर्णोद्धारको क्रम चल्यो। दैलेखको सांस्कृतिक विकासमा काजी जसपाउ थापा तथा कर्णेल जयमान सिंह बस्नेतका परिवारहरूको ठुलो योगदान रहन गयो। यिनीहरूले दैलेख बजारमा [[नारायण मन्दिर]] सस्थापना गरे। [[पञ्चकोशी|पञ्चकोशी तिर्थस्थल]]का [[शिरस्थान]], [[नाभिस्थान]], [[धुलेश्वर]] र [[पादुकास्थान]]मा मन्दिरहरूको जिर्णोद्धार गरी गुठी तथा अभिलेखहरू राख्न लगाए। दुल्लुमा धर्मशाला तथा [[पौवा दुल्लु|पौवा]] निर्माण गरे। <ref name= "Kirtikhamba"/>
==सन्दर्भ सामग्रीहरू==
|