"सुरेन्द्र पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
Added his political work, cabinate work and his work as finance ministry
पङ्क्ति ४:
 
२०३१ सालदेखि पूर्णकालीन राजनैतिक जीवनमा होमिएका [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]का केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे समानुपातिक तर्फका सभासद हुन्। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उनले राजनैतिक यात्रा शुरु गरेका हुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनैतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो। सभासद पाण्डे विगत १८ वर्षदेखि एमाले केन्द्रीय कमिटीमा छन् र राष्ट्रिय सभा सदस्य पनि रहिसकेका छन्। राजनैतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन्।
 
१. विगतको राजनीतिक जीवनः
* ०३१ साल देखि राजनीतिमा सक्रिय
* पंचायती शासनकालमा १० बर्ष भुमिगत भई आन्दोलनको नेतृत्व गरेको
* ०४३ सालमा पंचायतको विरुद्ध जनपक्षीय उम्मेदवारलाई जिताउन विभिन्न जिल्लामा नेतृत्व गरेको
* उपत्यकाको इन्चार्ज भई काम गरेको
* ०४६ सालको जनआन्दोलनमा कोशि अन्चलमा पार्टीको तर्फबाट नेतृत्व गरेकोे
* कर्णाली अन्चल जस्तो बिकट जिल्लामा इन्चार्ज भई पार्टीलाई बिस्तार र व्यवस्थित बनाएको
* मजदूर फाँट, बिद्यार्थी फाँट, पेशागत फाँट लगायतको प्रमुख भई काम गरेको
* महिलाहरुको हक, हित तथा अधिकारको निम्ति निरन्तर रुपमा कार्य गरेको
* गणतन्त्र नेपालमा राज्यको पुनःसंरचना, संघीयता, निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण सवालहरुमा पार्टीको तर्फवाट बिशेषज्ञताको भुमिका निर्वाह गरेको
 
२. संसदमा योगदान
* ०५४ देखि ०६० सम्म राष्ट्रियसभाको सदस्य भई चितवनको क्षेत्र नं १ बिकास निर्माणको निम्ति निरन्तर कार्य गरेको
* ०५६ देखि ०६० सम्म राष्ट्रियसभाको प्रमुख सचेतक भई सदन संचालनमा महत्वपूर्ण योगदान गरेको
* ०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य तथा संविधानसभामा दलको उपनेता भई कार्य गरेको
* संबिधानसभामा संबैधानिक समिति, विवाद समाधान उपसमितिमा बसी महत्वपूर्ण
* भ्ुामिका खेलेको र संबिधानको बिषयमा विवादित बिषयलाई हल गर्न भुमिका खेलेको र उच्च स्तरिय वार्ताहरुमा सक्रिय सहभागिता रहेको
* नेपालका प्राय सवै जिल्लाहरुमा भ्रमण गर्नुको साथसाथै अन्तराष्ट्रिय स्तरको अनुभव हासिल
 
३. सफल अर्थमन्त्रीको रुपमा कार्यगर्दा
* ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीको रुपमा कार्य गरेको र मुलुकको सिंगो बिकासमा प्रभाव पार्ने कार्यक्रमहरु अगाडी ल्याएको
* देशको आर्थिक बिकासमा नयाँ सोच र योजना अगाडी बढाएको । मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी गरेको
* काठमाडौं नीजगढ फास्ट ट्याक निर्माण शुरु
* पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरुको निर्माण शुरु
* दलितहरुको हक तथा अधिकारको संरक्षणको निम्ति शसक्त कदम चालेको र उनीहरुको निम्ति जनता आवासको नाममा घरहरु निर्माण गरेको
* सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा शुरु गरेको
* लेड सेडिंगको समस्यालाई क्रमशः समाधान गर्ने योजना अनुरुप माथिल्लो तामाकोशि आयोजनाको शुरु गरेको
* माथिल्लो चिशुली ुतीन एु को ऋण सम्झौता गरी काम शुरु
* श्रमिकहरुको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षाकर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली शुरु,
* आम नागरिकको श्वास्थ उपचारको व्यवस्था सहज रुपले गराउन पाउन पाँच जिल्लामा पाइलट योजनाको रुपमा श्वास्थ्य बिमा शुरु
* गरीब जनताहरुका सवै छोराछोरीहरुले शिक्षाको अवसर पाउन सकून भन्ने उद्देश्यले दशकक्षासम्म सरकारी बिद्यालयमा पढ्ने छात्रछात्राहरुलाई नगद छात्रबृत्ति शुरु
* बालिकाहरुको श्वास्थ्यलाई ध्यानमा राखी सवै बिद्यालयहरुमा छात्रा शौचालयको व्यवस्था
* तिस हजार सरकारी बिद्यालयमा इन्टरनेट सेवा शुरु
* खेलक्षेत्रमा लगानी वृद्धि
* चितवन, हेटौडा र कैलालीमा क्षेत्रिय रंगशालाको निम्ति र भैरहवा र काठमाडौं क्रिकेट मैदानमा बजेट विनियोजन
* पोखरा विमानस्थलको लागि ऋण सम्झौता गरी कार्य अगाडी बढाएको
* राष्ट्रिय परिचयपत्र, गरीब परिचयपत्र निर्माणको लागि बजेट विनियोजन
 
[[त्रिभुवन विश्वविद्यालय]]बाट समाजशास्त्रमा स्नातकोत्तर ४९ वर्षीय सुरेन्द्र पाण्डे दुई छोराका पिता हुन्। अध्ययनमा उनको रुचि छ र उनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहेका छन्। विभिन्न पत्रपत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, संगठन र राजनैतिक निरन्तरताको आधारमा संविधानसभामा पुग्न सकेको आकलन गर्छन्। संविधानसभामा उनले प्रमुखतासाथ दुई मुद्दा उठाउने बताएका थिए। क.शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माण, ख. सङ्घीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि पहल। सबै दलको सहमति र सहकार्यका आधारमा बन्ने नयाँ संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने उनको धारणा छ।