"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
== ऐतिहासिक पृष्ठभूमि==
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्तन्त्रताको पत्याभुति दिलायो । यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररुपमा हुन थाले । त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समुहसमूह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो । वि. स. २०४९ सालमा राष्ट्रिय संचार निति २०४९ जारी भयो। यसमा एफ एम रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो । यसैलाई आधार मानेर नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो । त्यति बेला निति थियो । तर ऐन थिएन । त्यसैले अनुमति पाउन सकेन । जब ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो । तर नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले । नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो । नियमावली पनि आयो । तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन । यो अवधिमा नेवापसले एफ एम रेडयोलाई चाहिने सम्पुर्ण औजारहरू जुटासकेकोजुटाइसकेको थियो ।
 
पटक–पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.स. २०५२ [[चैत्र]] १८ बाट गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गर्यो । थप दुइ वर्षको संघर्ष पछि वि. स. २०५४ [[जेठ]] ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो । त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनी रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा । शुरूमा दिनको ४ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारन गर्दै छ । <ref name="">नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>
 
रेडियो सगरमाथाले बितेका ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरीदियो ।
 
त्यसपछिका केही बर्षमा निर्वाध आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिरहेको यस रेडियोमा [[शाही शासन]] कालमा सरकारका तर्फबाट छापा मार्ने र उपकरणहरू नियन्त्रणमा लिई प्रशारणमा अवरोध पुर‍याइएको थियो।
 
प्रारम्भमा बखुण्डोलमा रेडियो स्टेशन स्थापना गरी प्रशारण गरेको रेडियो सगरमाथाले हाल ललितपुरको भनीमण्डल स्थित आफ्नो प्रशारण स्टेशनबाट प्रशारण गर्दछ ।
==यी पनि हेर्नुहोस्==
{{नेपालका सञ्चार माध्यमहरू}}
 
==सन्दर्भ सामग्रीहरू==