"कागती वर्ग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
*ढाड दुखेमा
:दुई पुरिया [[कपुर|कपुरमा]] एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।
 
कागति भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतिहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतिलाई सबैभन्दा राम्रो मानिन्छ । यस्को औषधीयगुण निम्ननुसार छन् :-
1. कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतिको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।
2. भात पकाउँदा कागतिको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।
3. डण्डिफोर हटाउँनकोलागि कागतिको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।
4. कागतिको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ ।
5. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतिको रस मिलाएर लगाउनाले चिलाउँदैन ।
6. तरकारी दाल सलाद आदिमा कागतिको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।
7. कागतिको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।
8. कागतिमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।
कागति सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यस्ले खानामा मात्र स्वाद बढाउँने नभै यस्मा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ । यस्मा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ ।
सौन्दर्य निखारकोलागिः
1. नरिवलको तेलमा कागतिको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको "खुश्की" हट्दछ ।
2. कपाल धुने समयमा कागतिको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ ।
3. नरिवलको तेलमा कागतिको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।
4. विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।
5. कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।
6. कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।
7. अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ ।
औषधीको रुपमा कागतीः
1. बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ ।
2. जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतिको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।
3. यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतिको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ । बमन रोकिन्छ ।
4. एक ग्लास पानिमा एउटा कागतिको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ ।
 
कागतिमा भिटामिन ''सी'' को स्त्रोत भण्डार रहेको हुन्छ । यस्लाई स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याकोलागि कागतिको अनेकन तरिकाले प्रयोग गर्ने गरिन्छ ।
1. कागतिको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न । स्कर्वी रोगमा कागतिको एकभाग रस तथा आठभाग पानि हालेर दैनिक सेवन गर्नाले या कागतिको रसमा थोरै सक्खर मिलाएर यस्लाई तताएर सिरप बनाई यस्मा थोरै पानि हालेर पिउँने गरेमा पित्तकोलागि यो अचुक औषधी बन्दछ ।
2. आधा कागतिको रसमा दुई चम्मच मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ ।
3. कागतिको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।
4. उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा यस्ले शक्ति प्रदान गर्दछ ।
5. एक कागतिको रसमा तीन चम्मच सक्खर, दुई चम्मच पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा चायाँ रहन्न । कपालको मैलापनि सफाहुने गर्दछ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतिको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ ।
6. शरीरको मोटापा हटाउँन विहान हल्का तातो पानीमा कागतिको रस हालेर नियमित सेवन गर्नाले मोटापा कम हुन्छ ।
7. मलेरिया तथा हैजा जस्तो विरामीकोलागि कागतिको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतिमा पिंधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ । कागतिमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यस्ले मलेरियाको जरोमा समेत फाइदा गर्दछ ।
8. कालो कोहनियों सफागर्न कागति दुई भागमा काटेर त्यसमा खानेसोडाको पाउडर हालेर कोहनियों मा रगड्नाले मैलो हटेर कुहिनो सफा तथा मुलायम बन्दछ ।
9. कागतिको सेवनले सुखा रोग निको हुन्छ ।
10. कागतिको बोक्रालाई पिंधेर त्यस्को लेप शिरमा लगाएमा माइग्रेन ठीक हुन्छ ।
11. कागतिको बीजलाई पिंधेर लगाउँनाले गंजापन रहन्न ।
12. बहिरोपन भएमा कागतिको रसमा दालचिनीको तेल मिलाएर कानमा हाल्नाले फाइदा गर्दछ ।
13. आधा कप गाजरको रसमा कागतिको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन्न ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कागती_वर्ग" बाट अनुप्रेषित