"कोटिलास्थान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''कोटीला''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। तर कतिपय मान्छेको मत अनुसार यो स्थानलाई पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा [[शिव|महादेव]]की पत्नी [[सतिदेवी]]को कोठी पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। अर्को मत अनुसार यो स्थानमा दैवताका राजा [[इन्द्र]]ले कोटीहोम चलाएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। संसारको कुनै ठाउँमा पनि न पाइने इन्द्रजौ नामको वनस्पति यस ठाउँमा पाइन्छ। [[सिमी]]को कोसा जस्तै फलेको फलको भित्र [[जौ]]का दानाहरू देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोम बाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ। यो स्थान [[दैलेख जिल्ला|दैलेख]] जिल्लाको [[नारायण नगरपालिका|नारायण]] नगरपालिकाको वडा नंवर ४ मा पर्छ।
==भौगोलिक अवस्था तथा मन्दिरको वनोट==
कोटिलास्थानको चारैतिर नदिले घेरिएकोले नदिले काटेर बनाएको डाँडोमा अवस्थित छ। डाँडाको उत्तर तर्फ बग्ने सिद्धिखोलाले र पश्चिम तर्फ बग्ने [[छामगाड खोला|छामघाट खोला]]ले घेरेको हुनाने यो स्थान एक टापु झैं देखिन्छ। पूर्व तर्फबाट मन्दिर प्रवेस गर्दा वि.सं. १९७७ को घण्टी र शिवलिंग राखिएको छ। ढुंगा र काठले भनेको यस मन्दिरको छाना सिलेटले बनेको छ। यस मन्दिरको जिर्णोद्धार वि.सं. २०५१ मा गरिएको थियो।<ref name= "Kirtikhamba">पूस्तक "कीर्तिखम्ब" पहिलो संस्करण पृष्ठ ११० लेखक विश्व के.सी. (पोखरेल)</ref> मन्दिर भित्र शिवलिंग रहेको छ। यसको अगाडी मञ्चमा दक्षिणतर्फ फर्कोर वि.सं. १९२२ को सर्पाकार मानक आकृती, कामधेनु गाई, [[गणेश|गणेशजी]] तथा [[शिव|महाँदेव]]का मुर्तीहरू राखिएका छन्। मन्दिरमा १९८६, २०१३, २०३१ का घण्टहरू रहेका छन्। मन्दिर परिसरमा चारैतर्फ खुल्ला भएको स्लेटको छानो बनाएको होम गर्ने स्थान बनाएको छ। यो मन्दिर निर्माणमा विशालकाय शिलापट्टहरू प्रयोग भएको देखिएता पनि हाल त्यसका अवशेषहरू मात्र बाँकी छन्। मन्दिरको प्राचिनता नष्ट भइसकेको छ। मन्दिर क्षेत्रमा यत्रतत्र छरिएका शिलापट्ट र पाषाण अवशेषहरूलाई हेर्दा यो मन्दिरको स्थापना कत्युरी शासनकालमा भएको मानिन्छ। हालै गरिएको एक अध्यायनका क्रममा यस स्थानमा तिब्बती भाषामा "ॐ मणिपद्मे हुँ" उत्कृण गरिएको प्रस्तर अभिलेख फेला परेको छ।<ref name="Kirtikhamba"/> यस अभिलेखबाट [[खस]] खसमल्ल शासनकालमा यस स्थानमा पनि [[बौद्ध धर्म]]सँग सम्बद्ध क्रियाकलापहरू हुने गरेको अनुमान गर्न सकिन्छ। यसैगरि यहाँ पनि पादुकास्थान र शिस्थानको जस्तै छोटा लामा अभिलेखहरू उत्कृण गरिएका केही ढुंगाहरू उपलब्ध भएका छन्।
==हेर्नुहोस्==
{{दैलेख जिल्लाका धार्मिक स्थलहरू}}
|