"गया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Gaya pilgrimage}}
सा Removing links to spamming site facebook.com
पङ्क्ति ८:
== धार्मिक महत्त्व ==
झारखण्ड र बिहारको सीमा र फल्गु नदीका तटमा रहेको गया भारतको बिहार प्रान्तको एक प्रमुख शहर हो। वाराणसी झैं नै गयाको प्रसिद्धी मुख्य रूपले एक धार्मिक नगरीका रूपमा छ। पितृपक्षका अवसरमा यहाँ हजारौं श्रद्धालु पिण्डदानका निमित औने गर्दछन्। गया सड़क, रेल र वायु मार्गद्वारा भारतका अन्य स्थानसँग राम्ररी जोडिएको छ। नवनिर्मित गया अन्तरराष्ट्रिय हवाइअड्डाद्वारा यो सहर थाइलैंडसित पनि सिधा सम्पर्कमा जोडिएको छ। गयाबाट १७ किलोमीटरको दूरीमा बोधगया नामक बौद्ध तीर्थस्थल छ र त्यहीँ बोधी वृक्षमुनि भगवान् बुद्धलाई ज्ञानप्राप्ति भएको थियो। गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरूमध्ये एक हो। यो शहर खासकर हिन्दू तीर्थयात्रीहरूका निमित्त असाध्यै प्रख्यात छ। यहाँको विष्णुपद मंदिर पर्यटकहरू माझ लोकप्रिय मानिन्छ। दन्त्यकथा-अनुसार भगवान् विष्णुको पाउको चिह्नमा यस मन्दिरको निर्माण भएको हो। हिन्दू धर्ममा यस मंदिरको अहं स्थान छ। गया पितृदानका लागि पनि प्रसिद्ध छ। के भनिन्छ भने यहाँको फल्गु नदीको तटमा पिण्डदान गर्नाले मृत व्यक्तिले बैकुण्ठ जाने अवसर प्राप्त गर्दछ।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
http://www.facebook.com/Jyotisasathi</ref>
==स्रोत==
<references/>
"https://ne.wikipedia.org/wiki/गया" बाट अनुप्रेषित