"चट्टोग्राम" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Chittagong}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२५:
'''चिटागोंग''' वा '''चटगाँव''' (बांग्ला: চট্টগ্রাম चट्टोग्राम), [[बंगलादेश]]को एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो शहर हो ।<ref>http://www.lloydslist.com/ll/sector/containers/article428456.ece</ref> चिटागोंग एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बंगालको खाड़ीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो शहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसंख्या ६५ लाखभन्दा बढी रहेको थियो ।<ref>http://www.chittagongchamber.com/</ref> [[दक्षिण एशिया]]मा यो वाणिज्य, उद्योग र जहाजरानी (शिपिंग)को एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तिब्र गतीले विकसित भइहेको महानगरहरु मध्य एक हो ।
 
परापुर्वकाल देखिनै चिटागोंगको यस प्राचिन प्राकृतिक बन्दरगाहले बंगाल र बंगालको खाड़ीको प्रमुख व्यापारिक केन्द्रको लागी एउटा प्रवेश द्वारको रुपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एशिया, [[युरोप|यूरोप]] र [[जनबादी गणतन्त्र चीन|चीन]]को व्यापारिहरुलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतूता, [[भेनिस]]को व्यापारी निकोलो डे' कोंटी र चीनी एडमिरल झेंग ही समेत कयौ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रांडे डी बेंगालाको नामले चिनिन्थ्यो । ब्रिटिश ईस्ट इंडिया कम्पनीले बंगालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराए पछी सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण प्राप्त गरेको थियो । १९औ शताब्दिमा ब्रिटिश राजको अनुसार, आधुनिक चिटागोंग बन्दरगाहको विकासको लागी असम-बंगाल रेलवेको निर्माण गरियो । दोश्रो विश्व युद्धमा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागी एउटा महत्वपूर्ण आधार बन्न पुग्यो ।<ref name="books.google.com.my">Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [http://books.google.com.my/books?id=voerPYsAB5wC&pg=PT344&lpg=PT344&dq=french+east+india+company+chittagong&source=bl&ots=a94DdMv4_F&sig=I9AwiPawARIZIWiLMwxWbskQIVQ&hl=en&sa=X&ei=aW9oUfnFMIuzrAe934DoBg&ved=0CE8Q6AEwBQ]</ref> सन् १९४७ मा ब्रिटिश भारतको विभाजन पछी, चिटागोंग पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो । सन् १९७१ मा बंगलादेश मुक्ति युद्धको शुरुआतमा बंगलादेशको स्वतन्त्रताको घोषणा चिटागोंगबाटै गरिएको थियो ।
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/चट्टोग्राम" बाट अनुप्रेषित