"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
भाद्र महिनाको [[शुक्ल पक्ष]]को [[चतुर्दशी]]लाई अनन्त चतुर्दशी भनिन्छ। प्रत्येक [[
अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, [[आराधना]] र व्रत हुने गर्दछ। यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने [[सृष्टि]]का कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो। यो दिन भक्तगणले [[लौकिक]] कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ। यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ। भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् [[
==व्रतविधि==
यस दिन व्रत सम्पादन गर्ने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरूबाट निवृत्त भएर कलशको स्थापना गर्नुपर्दछ। कलशमाथि एउटा थाली राखी अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त भगवान विष्णुको प्रतिमा स्थापना गर्नुपर्दछ। यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी स्थापना गर्नुपर्दछ। त्यसपछि '''ॐ अनन्तायनम:''' यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ। यो व्रत नदीको तटमा गर्नुपर्दछ र पूजाको समाप्तिपछि भगवान् हरिका कथाहरू सुन्ने गर्नुपर्दछ। भगवान् हरिलाई यसरी प्रार्थना गर्नुपर्दछ :-
|