"अनलाइन पत्रिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अनलाइन पत्रकारिता'''

पृष्ठभूमि

छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रुपमा अनलाइन पत्रकारिता स्थापित भएको छ । अनलाइन पत्रकारिता कम्प्युटर आधारित सञ्चार ९अयmउगतभचcomputer mभमष्बतभमmediated अयmmगलष्अबतष्यल०communication) सिद्धान्तमा आधारित हुन्छ । विश्वमा इन्टरनेट विकास सन् ७० को दशकको आरम्भतिर भए पनि त्यसले सन् ९० पछि मात्रै व्यापकता पाउन थालेको हो भने नेपालमा कम्प्युटर सन् १९७० को दशकमा भित्रिए पनि सन् ९० दशकदेखि मात्रै व्यापकता पाउन थालेको हो । इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आए । यही अवधारणा अनुसार सन् १९९२ मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ पहिलो पटक अनलाइन पत्रकारितामा प्रवेश ग¥यो । यसले सुरुका अवस्थामा समाचारपत्रमै छापिएका सामग्रीहरुको डिजिटल स्वरुप अमेरिका अनलाइनको होमपेजमार्फत् अनलाइनमा राख्ने गथ्र्यो । नेपालमा सन् १९९४ मा इन्टरनेट भित्रियो । सन् १९९५ मा मर्कन्टायलको व्यापारिक वेबसाइट धधध।कयगतज(बकष्ब।अयm मा दक्षिण एशियामै पहिलो पटक अंग्रेजी दैनिक ‘दि काठमाडौं पोष्ट’ अनलाइनमा गयो । सिकागो ट्रिब्युनले जस्तै यसले पनि पत्रिकामा प्रकाशित सामग्रीहरुलाई नै अनलाइनमा राखेको थियो ।

परिचय
समाचार सामाग्री उत्पादन गरी इन्टरनेटमार्फत् वितरण गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ । यसभित्र पत्रिकाको जस्तो शब्द—चित्र सामग्री, रेडियोको जस्तो श्रव्य सामाग्री र टेलिभिजनको जस्तो श्रव्य—दृश्य सहितको सामाग्री समेत पर्दछन् । सुरुमा अनलाइन पत्रकारिता समाचारपत्रकै अनलाइन संस्करण जस्तो गरी मात्र आएका थिए । तर, यसको विकासक्रमसँगै पत्रकारिताको एक अलग्गै विधाका रुपमा यसकै लागि भनी समाचार सामाग्री उत्पादन गरी इन्टरनेटमार्फत् सम्प्रेषण गर्न थालियो । अनलाइन पत्रकारिताका अडियन्सले सामान्यतया निःशुल्क वल्र्ड वाइड वेबमार्फत् इन्टरनेटमा रहेको समाचार सामाग्री हेर्ने, पढ्ने वा सुन्ने गर्छ ।

'''नयाँ मिडियाको रुपमा अनलाइन पत्रकारिता'''
सञ्चार वातावरण परिवर्तनशील छ । त्यसैले अहिलेका ‘पुराना’ मानिएका मिडिया सुरुमा नयाँ नै थिए । विद्यमान सञ्चार प्रविधिका विविधता विस्तार भएर नै नयाँ मिडियाको रुप धारण गरेको हो । अहिलेको २१ औँ शताब्दीमा डिजिटल कन्भरजेन्स , व्यक्तिगत प्रयोजनका लागि कम्प्युटरको बढ्दो प्रयोग र विश्वव्यापी नेटवर्किङका कारण सञ्चार वातावरणमा क्रान्तिकारी परिवर्तन भएको छ । गैर नाफामुखी अन्तरसञ्चारको रुपमा र व्यावसायिकहरुबीच तथ्यांक आदानप्रदानका लागि सुरुवात भएको इन्टरनेटको प्रयोग सँधै आमसञ्चार हुँदैन । तर अनलाइनमार्फत् वितरण हुने समाचारलाई अखबारी पत्रकारिता कै विस्तारित रुप हो भनी स्वीकारिएको छ । नयाँ ढाँचाको सामाग्री र नयाँ क्षमताका साथ अघि बढेको हुनाले अनलाइन पत्रकारिता अखबार, रेडियो र टेलिभिजनभन्दा नयाँ मिडियाका रुपमा अघि बढेको छ ।

पङ्क्ति ६१:
–गैर व्यावसायिक पत्रकारहरु समाचार स्रोतमात्र नभई समाचार लेखनमा अग्रसर हुने हुँदा तिनीहरुले पत्रकारिताको मूल्य मान्यतालाई चुनौति दिने खतरा
–गैर व्यावसायिक पत्रकारहरुको सूचनालाई पुष्टि गर्न गाह्रो हुने, पूर्वाग्रह हुनसक्ने
–जोसुकैले समाचार राख्न सक्ने हुँदा विश्वसनीयताको प्रश्न उठ्न सक्छ

निष्कर्श
परम्परागत मिडियाका सबै विशेषता समेटिएको नयाँ मिडियाका रुपमा अनलाइन पत्रकारिता उदाएको छ । परम्परागत मिडियाका कमी कमजोरीहरुलाई हटाउँदै आम सञ्चारलाई अझै प्रभावकारी बनाउने काम अनलाइन पत्रकारिताले गर्छ । अनलाइन पत्रकारितामा देखा परेका नयाँ ट्रेन्डहरु जस्तै सहभागितामूलक पत्रकारिता, क्राउडसोर्सिङ, नागरिक पत्रकारिता हाल प्रारम्भिक अभ्यास कै क्रममा रहेको हुँदा यसका प्रभाव र उपादेयताबारे विस्तृत अध्ययनहरु हुन बाँकी नै छन् । परम्परागत पत्रकारिताका पक्षधरहरुले यसलाई प्रतिद्वन्द्वीका रुपमा नलिई सहयोगीका रुपमा लिनुपर्छ । गैर व्यावसायिक पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यतालाई ध्वस्त पार्न लागे भनेर चिन्ता गर्नुभन्दा पनि व्यावसायिक र गैर व्यावसायिक पत्रकारहरुले हातमा हात मिलाएर सञ्चारलाई प्रभावकारी बनाउन सक्छन् । गैर व्यावसायिक पत्रकारहरुको प्राथमिक सूचनालाई विभिन्न स्रोतहरुबाट पुष्टि गर्दै पूर्ण समाचारको रुप दिन व्यावसायिक पत्रकार अग्रसर हुनुपर्छ । विकसित देशहरुमा भइरहेका यस्ता अभ्यासहरुलाई विकासोन्मुख देशहरुमा स्रोत साधनको कमी लगायतका विभिन्न कारणले जस्ताको तस्तै लागू गर्न नसकिएला, तथापि यसका असल पक्षहरुको समुचित प्रयोगले विकासमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।

अनलाइन पत्रकारिता

(कार्यपत्र)

सन्दर्भ सामाग्री
उमेश श्रेष्ठ

सन्दर्भ सामाग्री

पुस्तक