"नुवाकोट जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
==इतिहास==
राष्ट्रनिर्माता बडामहाराज [[बडामहाराज श्री ५ पृथ्वी नारायणपृथ्वीनारायण शाह]]द्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
 
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाई अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।