"वामन जयन्ती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
चान्द्रमासको गणनाअनुसार प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिलाई '''वामन जयन्ती''' पर्वका रूपमा मनाइन्छ।<ref>कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>
==वामन जयन्तीको वैशिष्ट्य==
[[पुराण]]हरूमा उल्लेख भएबमोजिम माता [[अदिति]]ले भगवान् विष्णुको [[तपस्या]] गरेर उक्त तपस्याबाट प्रसन्न भई भगवानले उनको [[पुत्र]]का रूपमा उत्पन्न भएर उनका पुत्र देवगण र राजा इन्द्रलाई असुरराज बलिका भयबाट मुक्ति प्रदान गर्ने वर प्रदान गर्नुभएको थियो। यसै वचनलाई पूर्ण गर्न भगवान् विष्णुले [[भदौ|भाद्र]] [[महिना]]को [[शुक्ल पक्ष|शुक्ल]] [[पक्ष]]को [[द्वादशी]] [[तिथि]]का दिन कश्यपपत्नी माता अदितिका कोखबाट जन्म लिनु भएको थियो।<ref>http://cafehindu.com/festivals/vaman-avtar.html बाट अनूदित</ref>
 
अवतरित भएको केही समयपछि नै वामनरूपधारी भगवान् विष्णु बालकबाट युवा हुनुभयो। ठिक्क त्यसै वेला राजा बलि यज्ञ गर्दै थिए। भगवान् वामन राजा बलिको यज्ञ स्थलमा पुगेर उनको आतिथ्य स्वीकार गरी उनीसित भिक्षास्वरूप तीन पाइला जमीन दान गर्न अनुरोध गर्नुभयो। राजाले भगवान् वामनको याचना स्वीकार गर्दै सङ्कल्प गरे। तुरुन्त भगवानले विराट रूप धारण गर्नुभयो र दुई पाइलामा नै धर्ती र आकाशलाई नाप्नुभयो। यसपछि तेस्रो पाउ बलिको शिरमा राखी उसलाई पाताल पठाएर भगवानले देवतासमेत देवराज इन्द्रलाई भयमुक्त तुल्याउनुभयो।
"https://ne.wikipedia.org/wiki/वामन_जयन्ती" बाट अनुप्रेषित