"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q57441 (translate me)
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ५३:
 
==राजनैतिक जीवन==
रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनैतिक जीवनको शुरुवात भयो। उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]], [[गणेशमान सिंह]], [[सुवर्ण शम्सेर राणा]], [[पुष्पलाल श्रेष्ठ]] र [[सरोज कोइराला]] जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो। यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनैतिक क्षेत्रमा प्रवेश गरे। उनी बिसं २०३७मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई [[नेपाली काँग्रेस]]को सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए। बिसं २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]को निजी चिकित्सकको रूपमा काम गरे।
 
रामवरण यादव बिसं २०४७ साल अघि भएका प्रजातान्त्रिक [[आन्दोलन]]मा सक्रिय रूपमा लागि परिरहे। त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बिसं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको [[प्रतिनिधि सभा]]को चुनावमा उनी [[धनुषा जिल्ला]]को क्षेत्र नं. ५बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए। उनी बिसं २०४८ देखि २०५१ सम्म नेपालका [[स्वास्थ्य राज्यमन्त्री]] भए। उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका [[स्वास्थ्य मन्त्री]]को कार्यभार सम्हाले।
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित