"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ९:
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११मा चतुर्देशी सेवा खलकले बनाएका थिए। ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ। यसमा दच्ची आप्पा (इट्टा) प्रयोग भएको छ भने सिमेन्टका रूपमा सुर्की-चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट प्रयोग गरिएको छ। यो मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ।
 
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए। सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ। त्यस्तै [[चन्द्र सम्शेरशमशेर जङ्गबहादुर राणा|चन्द्र सम्शेर]]ले मन्दिरको ढोका दैनिक रूपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए। उनैले १९६५मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए। मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि.स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरूमा सेतो टायल लगाएका थिए।
 
यस्तै यहाँ अन्य धेरै कार्यहरू भएका छन्। तर, ती सबैका कुनै लिखत छैनन्। त्यसैले कस्ले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ। पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरूको लेखोट नरहेको हुन सक्ने बताइन्छ।
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित