"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
'''मुस्ताङ''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[धौलागिरी अञ्चल]]को सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।
 
यसको सदरमुकाम [[जोमसोम]] हो। यस जिल्लाको पूर्वमा [[मनाङ जिल्ला|मनाङ]], पश्चिममा [[डोल्पा जिल्ला|डोल्पा]] दक्षिणमा [[म्याग्दी जिल्ला|म्याग्दी]] र उत्तरमा [[तिब्बत]] पर्दछन्। यसको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। यो जिल्ला [[अन्नपूर्ण हिम श्रृङ्खला]]को उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। यसको करिब करिब बिच भाग भएर [[कालीगण्डकी नदी|काली गण्डकी]] नदी बग्दछ। यस नदीलाई स्थानीय भाषामा [[थाक खोला]] पनि भनिन्छ। यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन्।