"बाबुराम आचार्य" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ११:
शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ। इतिहासको सम्बन्धमा उनी आधुनिक कालको इतिहास मात्र होइन लिच्छवि, मध्य, मल्ल तथा [[बाइसे-चौबीसे]] राज्यहरूका बारेमा पनि त्यत्तिकै ज्ञान राख्थे। कोही पनि उनीकहाँ पुग्दा निरुत्तरित हुनुपर्दैनथ्यो। जान्न चाहेको कुरा विनास्वार्थ, विनासङ्कोच सम्पूर्ण बताइदिन्थे। त्यति मात्र होइन, उनको सम्पर्क र सानिध्य पाएर कति व्यक्ति नेपालको इतिहासको खोज, अन्वेषणमा लागेको पाइन्छ।
 
विश्वको सर्वोच्च शिखर [[सगरमाथा]]को नामकरण पनि उनले नै गरेका थिए। त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो। आफ्नो सम्पूर्ण जीवन इतिहासको अध्ययनमा नै खर्चिंदा वि.सं. [[सन् १९९७|१९९७]] देखि आँखा धमिलिँदै गएर वि.सं. [[सन् २००८|२००८]]मा त पूरै बन्द भएका थिए। सोही वर्ष [[श्री ५ त्रिभुवन]]द्वारा इतिहासशिरोमणि उपाधिले सम्मानित बाबुराम वि.सं. [[२०२०]]मा [[नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान]]का मानार्थ आजीवन सदस्य बनेका थिए। उनका प्रकाशित कृतिहरूमा 'पुराना कवि र कविता' ([[सन् २००३|२००३]]), 'तुलनात्मक सुन्दर काण्ड' ([[सन् २००२|२००२]]), 'चीन र तिब्बतसँग नेपालको सम्बन्ध' ([[२०२३]]), 'नेपालको संक्षिप्त वृत्तान्त' ([[सन् २००२|२००२]]), '[[श्री ५ पृथ्वीनारायण शाह]]को संक्षिप्त जीवनी' (४ खण्डमा, [[२०३४]]), 'प्राचीन नेपालको इतिहास', 'नक्षत्र तारा निरूपण', 'बाबुराम आचार्यका कविता' र 'नेपालका सांस्कृतिक परम्परा' आदि मुख्य हुन्। अन्य फुटकर लेख पनि प्रशस्तै छन्।
 
[[श्रेणी:जीवनी]]