"शिव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
| Mount = [[नंदी साँढे]]
| Planet =
}}'''शिव''' [[हिन्दू धर्म|हिन्दू]] धर्मको प्रमुख [[देवता]]हरू मध्यको एक [[ईश्वर]] को रुप हो। [[वेद]]मा यिनको नाम [[रुद्र]] भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी ([[शक्ति]])को नाम [[पार्वती]] हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक [[स्कन्द]] र अर्का [[गणेश]] हुन्। हिन्दू मान्यता अनुसार [[ब्रह्मा|ब्रह्माजी]] यो संसारका सृष्ठीकर्ता हुन् भने [[विष्णु|भगवान विष्णु]] यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्। श+िव= शिव मिलेर बनेको शिवको नामको "ि" लाई हटाएमा "शव" शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा [[जोगी समुदाय|योगी]]को रूपमा देखिन्छन् र उनको [[पूजा]] [[लिंग]]को रूपमा गरिन्छ।
शिव अधिकतर चित्रहरूमा [[जोगी समुदाय|योगी]]को रूपमा देखिन्छन् र उनको [[पूजा]] [[लिंग]]को रूपमा गरिन्छ।
भगवान शिवलाई [[संहार]]को देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै [[ज्योतिष]] शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।
 
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित