"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

सा
बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
यो ग्रन्थि ७-१२ [[ग्राम]]को हुन्छ। यसका ३ भागमध्ये दायाँ-बायाँ रहेका दुई भाग उमेर बढ्दै जाँदा छिटोछिटो वृद्धि हुन्छ तर बीचको भाग सामान्यतया कम बढ्छ। यसले [[पिसाब]] सञ्चालनमा बढी बाधा हुने गर्छ। ग्रन्थि र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बनेको एउटा ग्रन्थि हो प्रोस्टेट। यो कम लचकदार हुन्छ र पिसाब प्रवाहमा असर गर्छ। शिशु अवस्थामा प्रोस्टेट ग्रन्थि ज्यादै सानो हुन्छ र वयस्क सुरु भएपछि प्रत्येक ३ वर्षमा २ गुनाले वृद्धि हुन्छ। २० वर्षमा यो ग्रन्थि १५-२० ग्रामसम्मको हुन्छ तर ३०-५५ वर्षको उमेरमा करिब साढे ४ वर्षमा दुगुना हुने गरेर वृद्धि हुन्छ। त्यसपछि ५५-७० वर्षसम्म ग्रन्थिको वृद्धि भए पनि रफ्तार केही कम भएर दुई गुना वृद्धि हुन १० वर्ष लाग्ने हुन्छ। ७० वर्षपछि पनि ग्रन्थिको वृद्धि हुने प्रक्रिया कम रफ्तारमा भए पनि जारी नै रहन्छ।
 
'''प्रोस्टेट''' ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ। सामान्यतः [[पुरुष]] ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० [[बर्ष|वर्ष]] उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ। पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर [[यौन]] सम्पर्कलाई आद्र एवं सहज बनाउँछ। साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ। जब प्रोस्टेट ग्रन्थिमा [[कोष]]हरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा [[तौल]] वृद्धि हुँदै जान्छ।सुरुमा प्रोस्टेट ग्रन्थि वृद्धि हुँदा मूत्र नलीको भागको छेउछाउमा रहेका ग्रन्थिको वृद्धि हुने गर्छ। प्रोस्टेट ग्रन्थिको खोलको लचकता सीमित हुने भएकाले यसको वृद्धि हुँदा पिसाब अवरोधका केही लक्षणहरू देखा पर्छन्। फलस्वरूप [[मूत्र]] थैलीका मांसपेशी मोटो हुने र मांसपेशीबीच खाल्टो हुन सुरु हुन्छ। यस्ता खाल्टा भएका मूत्र थैली सामान्यभन्दा निकै कमजोर हुन्छन्। समय बित्दै जाँदा यी मांसपेशीलाई रेसायुक्त तन्तुले प्रतिस्थापन गर्दै जान्छ। थैली अझै बढी शक्तिहीन भई मूत्र सञ्चालन गर्न अक्षम बन्छ। यस्तो अवस्थामा [[बिरामी]] कमजोर [[वेग]]ले पिसाब फेर्ने, [[लामो]] [[समय]] लगाउने र थैलीमा भएको सबै पिसाब निखार्न नसक्ने हुन्छ। त्यसका अलावा मृगौलाबाट पिसाब थैलीमा मूत्र सञ्चालन गर्न मूत्र वाहिनी नलीहरू पनि फुल्ने गर्छन् र यो क्रम अगाडि बढे मृगौला पनि फुल्ने गर्छ। ग्रन्थि जति बढ्यो त्यति नै मूत्र नली साँघुरिने र लम्बिने हुन्छ।
 
प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न [[लक्षण]] देखापर्ने गर्छ। ५० [[बर्ष|वर्ष]]मा प्रायः ४० [[प्रतिशत]] पुरुष मूत्रत्याग गर्ने सिलसिलामा विभिन्न [[लक्षण]]अनुभव गर्ने गर्छन्। [[कोष]]हरूको मृत्यु र नयाँ पैदा हुने कोषहरूबीचको सन्तुलन बिग्रनु नै ग्रन्थि वृद्धि हुनुको मुख्य कारण मानिन्छ। यो सन्तुलनमा देखा पर्ने फरकमा हर्मोनको असन्तुलनले धेरै असर पार्छ। वंशमा प्रोस्टेट ग्रन्थिको वृद्धि हुनेहरूको बीच यो [[रोग]] देखा पर्ने सम्भावना ज्यादै उच्च हुन्छ साथै यस्ता बिरामीको प्रोस्टेट वृद्धि ज्यादै धेरै तौल हुने गरी ६० वर्षभन्दा कम उमेरमै हुने गर्छ।उदाहरणका निम्ति [[वंश]]मा प्रोस्टेट हुने पुरुषको प्रोस्टेट वृद्धि भएर ८० ग्रामभन्दा बढी पुग्दा यो [[रोग]] वंशमा नहुनेहरूमा ५५ ग्रामसम्मको मात्र हुन्छ।
 
प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्:-
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/391707" बाट अनुप्रेषित