"नारद पोखरी" का संशोधनहरू बिचको अन्तर

सा spelling check, replaced: नंबर → नम्बर (2)
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २६:
}}
 
'''नारद पोखरी''' [[गोरखा जिल्ला]]मा अवस्थित पोखरी हो । प्रशिद्द गाउँ [[वार्पाक|बार्पाक]]बाट करिब १९ किलोमिटर उत्तरमा [[बुद्ध हिमाल]]को काखमा रहेको यो पोखरी १३,५०० फिट उचाईमा अवस्थित छ । यो पोखरीमा प्रत्येक वर्ष [[जनैपूर्णिमाश्रावण शुक्ल पूर्णिमा|जनै पूर्णीमा]]का दिन ठूलो मेला लाग्ने गर्दछ ।
 
जनैपुर्णिमाको अवसरमा गोरखाको वारपाक गाउँ विकास समितिको माथिल्लो क्षेत्रमा पर्ने नारद पोखरीमा ठुलो मेला लाग्ने गर्छ । नारद पोखरी कुन गाविसमा पर्छ भन्ने विषयमा भने एकमत पाइदैन । वारपाक वासिले वारपाक गाविसको वडा नम्बर ४ मा पर्ने दावी गरेका छन्। भने केहीले उहिया गाविसमा पर्ने पनि बताएका छन् । यस विषयमा सरकारी निकायबाट स्पष्ट जानकारी आउन सकेको छैन । तर सो पोखरी जाने एकमात्र सजिलो बाटो वारपाक गाउँ भएर जाने नै हो । बिभिन्न कारणले गाउँ छाडेका र वसाइ सरेर अन्यत्र गएकाहरु पनि जनैपुर्णिमाको बेला भने मेला भर्न आइपुग्छन् । जनैपुर्णिमामा पोखरीमा नुहाएमा बिभिन्न छालाका रोगहरु दीर्घरोगहरु निको हुने र मागेको वर पाइने विश्वासले गोरखाको वारपाक लाप्राक सिम्जुङ मुच्चोक श्रीनाथकोट जौवारी स्वाँरा सौरपानी लगायतका गाविसबाट ४ सय भन्दा बढी तीर्थयात्रीहरु हरेक वर्ष पोखरीमा पुग्ने गर्छन् ।
"https://ne.wikipedia.org/wiki/नारद_पोखरी" बाट अनुप्रेषित