"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २५:
 
==मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा==
नाग पञ्चमीमा [[नाग]]को चित्र बनाई [[पूजा]] गरेर घरमा टाँस्नाले [[सर्प]] भए हुदैन भन्ने [[हिन्दू धर्म|हिन्दू शास्त्रको]] मान्यता रहेको छ। पश्चिम [[नेपाल]]का अधिकांश जस्तै:- [[दैलेख जिल्ला|दैलेख]], [[अछाम जिल्ला|अछाम]], [[कालिकोटकालीकोट जिल्ला|कालिकोट]], आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ। नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] तथा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]]मा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै नाग पञ्चमी र [[बसन्त पञ्चमी|श्रीपञ्चमी]]का दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे [[कृषि|खेती]]को तयारी थाल्ने चलन पनि रहेको छ भने [[बडिमालिका]] लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले [[व्रत]] गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ। नाग पञ्चमीका दिन नेपाल र [[भारत]]का विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ।
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-
* ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
पङ्क्ति ५५:
 
==के नाग पूजा गर्नाले सर्प भए हुदैनत ?==
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्यक वर्ष [[साउन|श्रावण]] [[शुक्ल पक्ष]]को [[पञ्चमी]] तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ। यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प [[बिछ्छी]] आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्य छ। यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन [[भाद्र|भदौ]] तिर बर्षा भयो भने भारी [[वर्षा|बर्षा]] हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्। मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन। यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००% सत्य मानिन्छ।
==पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?==
पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन [[ब्राह्मण]]ले कागजमा विभिन्न नागहरू जस्तै:- [[बासुकी नाग]], [[तक्षक नाग]], [[कर्कट नाग]], [[पद्म नाग]], [[कालिय नाग]], [[शेष नाग]] इत्यादी नागहरूका चित्र हातले अथवा छाप (स्टैम्प)मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा [[चन्द्र]], [[सूर्य]], [[शङ्ख]], [[चक्र]], [[गदा]], [[कमल|पद्म]], [[माछा]] र [[बिछ्छी]]का चित्र पनि समावेस हुन्छन्। साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ।
पङ्क्ति ६१:
*"अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥"
==घरको जग खन्दा नागको शिर विचार==
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। [[भदौ|भाद्र]], [[आश्विन]] र [[कात्तिक|कार्तिक]]मा पूर्व। [[मंसिर]], [[पौष|पुष]] र [[माघ]]मा दक्षिण। [[फाल्गुण|फागुन]], [[चैत|चैत्र]] र [[वैसाख]]मा पश्चिम तथा [[जेठ]], [[आषाढ|असार]] र [[साउन|श्रावण]]मा उत्तरमा नागको शिर हुन्छ।<ref>ज्यो.पं. तोयानाथ पन्तको पञ्चाङ्ग २०७९ पृष्ठ ३५</ref>
 
==कालसर्प योगको कारण र त्यसको निवारण==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित