"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox settlement | name = तेलंगाना | native_name = | other_name = | nickname = | se...
(कुनै भिन्नता छैन)

१६:१७, ९ मे २०१४ जस्तै गरी पुनरावलोकन

तेलंगाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्य बाट छुटिन लागेको प्रस्तावित राज्य हो । हैदराबादलाई दश बर्ष सम्मका लागि तेलंगाना र आंध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरुको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।

तेलंगाना
आन्ध्र प्रदेशको क्षेत्र
प्रस्तावित राज्य
भारतको नक्सामा तेलंगाना क्षेत्र (रातो गरिएको)को अवस्थिति
भारतको नक्सामा तेलंगाना क्षेत्र (रातो गरिएको)
Country भारत
राज्यआन्ध्र प्रदेश
क्षेत्रफल
 • जम्मा११४८४० किमी (४४३४० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३५२८६७५७
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
भाषा
 • आधिकारिकतेलेगु, उर्दू
समय क्षेत्रयुटिसी+05:30 (आइएसटि)
सबैभन्दा ठुलो शहरहैदराबाद

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलंगाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्य सभा बाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बन्नेछ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]

अहिले जुन क्षेत्रलाई तेलंगाना भनिन्छ, त्यसमा आंध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]

इतिहास

तेलंगानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।

धर्म और भाषा

तेलंगानाको जनसंख्या ८४% हिन्दू, १२.४% मुस्लिम र ३.२% सिख, ईसाई र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]

तेलंगानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]

सन्दर्भ सामाग्री

  1. Area of Andhra Pradesh districts
  2. "पृथक तेलंगाना के गठन पर लगी मुहर, हैदराबाद होगी साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१ 
  3. "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ दिसंबर २०१३। 
  4. "लोकसभा में पारित हुआ तेलंगाना विधेयक, कहीं जश्‍न तो कहीं विरोध", जी न्यूज़, १८ फरवरी २०१४। 
  5. "तेलंगाना बिल राज्यसभा में पास", मनी कंट्रोल, २१ फ़रवरी २०१४। 
  6. "कुछ ऐसा होगा तेलंगाना", बीबीसी हिन्दी, २१ फरवरी २०१४। 
  7. "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१० 
  8. Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
  9. Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
  10. "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३