"आगो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४९:
== विद्युत कालमा आगो ==
[[मोटर]]को [[इंजन|इंजनहरू]]मा [[पेट्रोल]] जलाउनको लागी बिजुलीको झिर्काहरू (स्पार्क)को उपयोग हुन्छ, किनकी यस्ता झिर्काहरू अभीष्ट क्षणमा नै उत्पन्न गर्न सकिन्छ। घरमा कहिले कहिं बिजुलीका तारमा खराबी आएपछी (शर्ट सर्किट) बाट आगो लाग्न सक्छ। [[लेंस]] (लेन्ज) तथा अवतल (कनकेव) दर्पणबाट [[सूर्य]]को प्रकाशहरूलाई एकत्रित गरेर पनि अग्नि उत्पन्न गर्न सकिन्छ। ग्रीस तथा चीनको इतिहासमा यी विधिहरूको उल्लेख छ।
== आगो निभाउने ==
आगो निभाउनको लागी साधारणतया सब भन्दा राम्रो उपाय '''पानी छर्कनु''' हो। [[बालुवा]] अथवा माटो हाल्नाले पनि सानो आगो निभाउन सकिन्छ। टाढाबाट आगोमा पानी छर्कनको लागी रकाबदार पंप राम्रो हुन्छ। सानो-तिनो आगोलाई [[थाल]] अथवा कोसीले ढाकेर पनि निभाउन सकिन्छ।
 
आरम्भमा आगो निभाउन सरल हुन्छ। आगो बढेमा उसलाई निभाउन कठिन हुन्छ। प्रारंभिक आगोलाई निभाउनको लागी यंत्र पाइन्छ। यो यंत्र फलामको जस्तापाताको भाँडो हुन्छ, जसमा सोडा (सोडियम कारबोनेट)कौ घोल रहन्छ। एक शीशीमा अम्ल रहन्छ। भाँडोमो एक किलो हुन्छ। ठोक्दाखेरी त्यो भीत्र घुसेर अम्लको शीशीलाई फोरिदिन्छ। तब अम्ल सोडाको घोलमो पुगेर कार्बन डाइआक्साइड ग्यास उत्पन्न गर्छ। यसको दाबबाट घोलको धारा वेगसँग बाहिर निस्किन्छ र आगोमा हाल्न सकिन्छ।
 
धेरै राम्रो आगो निभाउने यंत्रहरूबाट साबुनको झाग (फेन) जस्तै झाग निस्किन्छ जसमा [[कार्बन डाइआक्साइड]] ग्यासका बुलबुलाहरू हुन्छन्। यीनिहरू बल्न लागेको वस्तुमा पुगेर उसलाई यस प्रकार ढाक्छन् कि आक्सीजनको कमीको कारण आगो निभ्छ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित