"आगो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
== परिचय ==
अग्नि अथवा आगो रासायनिक दृष्टिबाट एक जीवजनित पदार्थहरूको कार्बन तथा अन्य तत्वहरूको अक्सीजन सँग यस प्रकारको संयोग हो जसबाट गर्मी (तातो) र प्रकाश उत्पन्न हुन्छ। अग्निको ठुलो उपयोगिता छ जाडोमा हाथ-खुट्टा तताउने देखी लगेर परमाणु बम द्वारा नगरहरूलाई एकै छिनमा भस्म गरिदिने जस्ता सबै कामहरू आगोले नै गर्छ। यसैबाट हाम्रो भोजन पाक्छ, यसकै प्रयोगले खनिज पदार्थहरूबाट धातुहरू निकालिन्छ र यसैले शक्ति उत्पादक इंजनहरू चल्दछन्। भूमिमा दबेका अवशेषहरूबाट थाह हुन्छ कि प्राय पृथ्वीमा मनुष्यको प्रादुर्भाव कालबाट नै उसलाई अग्निको ज्ञान थियो। आज पनि पृथ्वीमा धेरै जसो जंगली जातिहरू छन् जसको सभ्यता एकदम प्रारंभिक छ, तर यस्तो कुनै पनि जाति छैन जिसलाई अग्निको ज्ञान नहोस्।
== उत्पत्ति ==
आदिमानवको कालमा मनुष्यले ढुङ्गाहरूलाई एक आपसमा ठोकिएर उत्पन्न भएका आगोका झिर्काहरूलाई देखे होलान्। अधिकांश विद्वानहरूको मत छ कि मानिसले सर्वप्रथम सारो ढुंगाहरूलाई एक-अर्कामा ठोकेर अग्नि उत्पन्न गरे होलान्।
 
[[घर्षण]] विधिबाट अग्निको उत्पत्ती गर्ने तरिका पछाडी निस्केको होला। ढुंगाहरूका हथियार बनिसके पछी उनलाई चिल्ला, चमकीला र तीव्र गर्नाको लागी रगड्ने गरे होलान्। यसरी रगड्दा जो आगोका झिर्काहरू उत्पन्न भए होलान् उसैबाट मनुष्यले अग्नि उत्पन्न गर्न घर्षण विधि निकाले होलान्।
 
घर्षण तथा टक्कर यी दुवै विधिहरूबाट अग्नि उत्पन्न गर्ने तरिका आजकल पनि देख्न सकिन्छ। अहिले पनि अवश्यकता परेमा इस्पात अथवा आगपाड्नु र ढुंगाको प्रयोगबाट अग्नि उत्पन्न गरिन्छ। एक विशेष प्रकारको सूखेको झुलो या कपासलाई डाँसीढुंगाको साथमा टाँसेर एक हातले समातिन्छ र इस्पातको टुक्रा अथवा आगपाड्नु अर्को हातले समातेर जोरले प्रहार गरिन्छ। यसरी टक्करबाट उत्पन्न आगोका झिर्काहरू झुलो वा कपासमा पर्दो आगो सल्किन्छ र उसलाई फुकेर अथवा फेरी मसिनो दाउरा तथा सूखेको पातहरूकौ वीचमा राखेर अग्निको विस्तार गरिन्छ।
 
घर्षण विधिबाट अग्नि उत्पन्न गर्ने सब भन्दा सरल र प्रचलित विधि काठको फलियामा काठको छड रगड्ने हो।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित