"पणेना" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पणेना, [[अर्घाखाँची]] जिल्लाको पुर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठुलो चौर र दह छ, जहाँ [[पाणिनि ॠषि]]ले तपस्या गरेका थिए र [[महादेव]] प्रसन्न भई १४ वटा सुत्रहरु (अइउण्, ऋलृक्, ...) पाणिनिलाई[[पाणिनि]]लाई सुनाएका थिए, जसको आधारमा पाणिनिले[[पाणिनि]]ले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको [[संस्कृत]] व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्ने बिश्वास छ। त्यसैले यसलाई [[पाणिनि]] तपोभूमि पनि भनिन्छ।
 
उपल्लाखर्क, बासारुख, माझगाँऊ, चौर, ठान, निगाली, आमडाँडा, सिम्ले, कोप्चा, देऊराली, हरिआँप, टारी, पुस्वा, बतासे, दह आदिलाई जोडेर पणेना गाविस बनाईएको छ। यसको पुर्वमा पाल्पाको छहरा, उत्तरमा पाल्पाकै भुवनपोखरी, पश्चिमको केहि भाग [[खिदीम]], अधिकतम पश्चिम र दक्षिणमा पोखराथोक छ भने दक्षिणको केहि भाग पाल्पाको जुठापौवासित जोडिएको छ। गाउँको फेँदबाट वाग्ले खोलो बगेको छ, जुन प्रसिद्ध रिडी खोलाको एक उद्गम खोला हो।
 
यहाँका बासिन्दाहरु धेरैजसो खेतिपातीमै निर्भर भएपनि नोकरी र ब्यापार गर्नेहरुको संख्या बढ्दो छ। यहाँ बिशेष गरि मकै, गहुँ र धानको खेति भएपनि, कोदो, फापर, जौ आदिको खेति पनि गरिन्छ। प्राय सबै घरमा भैँसी पालिएको हुन्छ भने केहिले गोरु, बाख्रा तथा गाई पनि पाल्छन्।
"https://ne.wikipedia.org/wiki/पणेना" बाट अनुप्रेषित