"दधिचि" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
'''दधिचि''' पौराणिक कालका एक प्रख्यात ऋषी थिए उनको आश्रम [[दैलेख जिल्ला]]को [[डुंगेश्वर]]मा थियो भन्ने भनाई रहेको छ।
==पौराणिक कथा==
[[File:Story_of_Vritra.jpg|250px|thumb|देवताहरू दधिचि ऋषिसँग उनको हाड माग्दै]]
पौराणिक कालमा स्वर्गका राजा ईन्द्रले दैत्यहरूको पक्ष लगेका कारण आफ्ना गुरू विश्वरूपको हत्या गरेका थिए। विश्वरूप दैत्य खानदानका ऋषी थिए देव गुरू बृहस्पतिसँग देवराज ईन्द्रको तालमेल नमिलेका कारण देवराज ईन्द्रले ऋषि विश्वरूपलाई गुरू मानेका थिए। पछि गएर देवराज इन्द्रको यज्ञामा गुरू विश्वरूप (जसलाई "त्रिशिरा ऋषि" पनि भनिन्छ)ले दैत्यहरू आफ्ना भात्रीहरू भएका कारण उनलाई लुकि लुकि यज्ञाको भाग दिन लागे। यो थाह पाए पछि देवराज इन्द्रलाई रिश उठ्यो र गुरूको हत्या गरि दिए।<ref name="सुक सागर"/> आफ्नो पुत्रको बध गरेका कारण विश्वरूपका पिता "त्वष्टा"ऋषि देवराज [[ईन्द्र]] देखि रिसाएर ईन्द्रको बध गर्ने पुत्र प्राप्तिको यज्ञा गर्न लागे।
 
==बृतासुरको कथा==
त्वष्टा ऋषिले घोर यज्ञा गरेका कारण यज्ञाको प्रतापले यज्ञाको होम कुण्डबाट नै वृतासुर नामको दैत्यको उत्पत्ती भएको थियो।<ref name="सुक सागर"/> वृतासुरले महर्षी त्वष्टासँग "पिता म तपाईँको के सेवा गरौँ ? आकाशका तारा ग्रह नक्षत्रहरूलाई पृथ्वीमा झारौँकी ? पातालाका बासुकी आदी नागहरूलाई तपाईँको गुलामीको लागि हाजिर गरुँकी? मैले गर्न योग्य काम मलाई सुम्पनु भए म त्यो काम गर्न तयार छु।" भनि साहस देखाए पछि महर्षि त्वष्टाले बृतासुरलाई देवराज ईन्द्रको बध गर्ने आज्ञा दिए।
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित