"अरनिको" का संशोधनहरू बिचको अन्तर

सा →‎सन्दर्भ सामग्रीहरू: हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[Image:Miaoyingsi baita.jpg|thumb|right|सेतो स्तूप]]
[[Image:Qubilai Setsen Khaan.JPG|thumb|right|अनिगे नामका एक नेपाली कलाकार (1245 - 1306)ले बनाएको सम्राट [[कुब्ला खाँ]]को चित्र]]
'''अरनिको''' उपनाम '''बलबाहू''', '''आनिक''' आदि (सन् १२४५-१३०६)प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन्।हुन् । पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए।थिए ।
 
युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको।अरनिको । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विस्व प्रसिद्द भए।भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए।थिए । वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए। उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ।
 
उनले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रीतधात बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ।
"https://ne.wikipedia.org/wiki/अरनिको" बाट अनुप्रेषित