"चिराइतो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Swertia}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५०:
|}}
 
'''चिराइतो''' नेपालमा[[नेपाल]]मा पाइने एक किसिमको [[जडीबुटी]] हो। यो उच्च पहाडी भेकमा पाइने गर्दछ। चिराइतोको [[बिरुवा]] नेपालको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा[[चौर]]मा पाइन्छ। यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फैलिएको हुन्छ। त्यसैले यसलाई सजिलैसँग उखेल्न सकिन्छ। यो बिरुवा १ देखि १.५ मि. सम्म अग्लो हुन्छ। डाँठको फेद गोलाकार र माथितिर चारकुने परेको हुन्छ। हरेक आँख्लाको दुबैतिर पात र हाँगा पलाएका हुन्छन्। पात १ देखि ११ से.मि. लामो र ०.५ देखि ३ से.मी. चौडा, भालाकृत भै टुप्पो तीखो हुन्छ। पात र डाँठमा रौं हुंदैन र चिल्ला हुन्छन्। कुनै कुनै पातहरू फेदैबाट पलाएका हुन्छन्। हरेक आँख्लामा पात र काण्डको कक्षबाट फूलहरू[[फूल]]हरू एउटै झुप्पामा निस्केका हुन्छन्। फूलहरू एउटै झुप्पामा हुन्छन्। फूलको रङ्ग पहेलो वा हरियो हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन्। अरु साधारण फूल झैं यसको पत्रदल ५ वटा हुन्छ। तल्लो भागमा स–साना मसिनो रौंले ढाकिएको दुईवटा ग्रन्थिहरू पाइन्छन्।
 
चिराइतोको खेती यसको बीउबाट[[बीउ]]बाट गरिन्छ। खेतीको लागि नतिशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र अति आवश्यक रहन्छ। खेतमा पानीको राम्रो निकासको व्यवस्था हुनुपर्दछ। [[कार्तिक]], मंसिरतिर[[मंसिर]]तिर बीउ छरिनुपर्दछ। बीउ एकदमै सानो हुँने हुँदा पहिले नर्सरी बेडमा लगाउनु उपयुक्त हुन्छ। ६ देखि ८ से.मी. लामो भएपछि बेर्नालाई मलजल गरी तयार गरिएको वारी वा खेतमा सार्नु पर्दछ।
 
आषाढ–श्रावणदेखि[[आषाढ]]–[[श्रावण]]देखि आश्विनसम्ममा[[आश्विन]]सम्ममा यसको फूल फुल्छ। फूल परिपक्व भएपछि बोटै उखेल्ने कार्य हुन्छ र चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नु पर्दछ। आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी निम्न रोगहरूमा प्रयोग गरिन्छ। कृमि नाशक, ज्वरान्तक, घाउ, खटिरा, स्वाद र रुचि बढाउने इत्यादि। औलोको[[औलो]]को ज्वरोमा पनि यो निकै उपयोगी भएको पाईएको छ।
 
बैज्ञानिक नामः स्वयरसिया चिराता (Swertia chirayita ( Roxb. ex fleming Karsten)
"https://ne.wikipedia.org/wiki/चिराइतो" बाट अनुप्रेषित