"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
धुलेश्वर मन्दिरको फेदीमा रहेका बाणगंगा र ब्रह्मकुंडमा स्नान गरेर धुलेश्वर महादेवको दर्शन गर्ने परम्परा रहेको छ। यसका साथै बालेश्वर मन्दिरमा पिंडदान गर्ने प्रचलन रहेको छ। धुलेश्वर मन्दिरका साथै दुलंगे पर्वत अथवा नागको दर्शन गर्नाले सर्पभए हुदैन भन्ने जन विश्वास रहेको छ। यसका साथै बडलम्जीमा रहेका पंचदेवललाई पनि यहाँको धार्मीक तथा पुरातात्वीक सम्पदाको रुपमा लिईन्छ।
==पौराणिक कथा==
[[चित्र:धुलेश्वर४धुलेश्वर२.jpg|250px|thumb|धुलेश्वर महादेव मन्दिर भित्र अवस्थित शिवलिंग]]
पौराणीक कालमा [[शिव|महादेव]]की पत्नी सतिदेवीले आफ्ना पिता दक्ष प्रजापतीले शिवको अपमान गरेको कारण दक्षको यज्ञा कुंडमा हाम फालेर प्राण त्यागेकी थिईन्। पत्नी वियोगमा परेका भगवान शिवले सतिदेवीको मृत देहलाई पिठमा बोकेर घुम्न थाले। यसरी भगवान शिव पत्नी वियोगमा पागल भएकाले भगवान शिवको वास स्थान कैलाश सुन्य भयो। भगवान शिवको अनुपस्थितीका कारण देवताहरूलाई सृष्टी चलाउन कठिन भएकाले [[विष्णु|भगवान विष्णु]]ले सतिको देहमा अंशु (किरा) उत्पन्न गरेर सतिको देहलाई कुहाउन थाले। यसरी सतिदेह कुहिएर संसार भर सतिदेवीका अंगहरू पतन हुन थाले। यसरी जहाँ जहाँ सतिका अंगहरू पतन भए त्यहाँ त्यहाँ सिद्धपिठहरू बने। धुलेश्वरमा सतिदेवीको शरिरको धुलो पतन भएकोले धुलेश्वर महादेव उत्पन्न भए। यहाँ सिद्धपिठ छ भन्ने कसैलाई पनि थाह थिएन। एक जना नदीवन नामका सन्यासीले एक अमलाको रुखमुनी धुलेश्वरमा शिवलिंग देखे। उनले अरू कसैलाई केही पनि नभनेर आफु मात्र यो शिवलिंगको पूजा गर्न थाले। यो कुरा यहाँका वासिन्दाहरूले थाह पाएपछी तत्कालीन सासकमा नदीवनको नाममा उजुरी दिए। नदीवन सन्यासीलाई पक्राउ गर्नको लागी [[काठमाडौं]] सिपाईहरू आए। नदीवनले सिपाइहरूलाई तिमीहरू जाओ म पछी आउनेछु भनेर फर्काए। यो सुनेर सिपाइहरू काठमाडौं फिर्ता भए। नदीवन सन्यासी सिपाइहरू भन्दा अघाडी नै काठमाडौं पुगि सकेका थिए। काठमाडौंका तत्कालिन राजाले नदीवनले कपट गरेको ठानेर उनको कठोर परिक्षा लिन थाले। नदीवन सन्यासीको कठोर तपस्याको प्रभाव देखेर धुलेश्वर महादेव मन्दिरको पूजा गर्नु भनेर लाल मोहोर दिएर पठाएका थिए।<ref>कविराज वन सन्यासी (महंत धुलेश्वर महादेव मन्दिर)</ref> त्यहाँ देखी अहिले सम्म उनै नदीवनका पिंढीहरू यहाँका पूजारी र महंत रहँदै आएका छन्। महंतले मन्दिरको रेख देख गर्छन् भने पूजारीले पूजा गर्दछन्। महंतहरू मरे पछी मन्दिर परिसरमा नै समाधी बनाएर गाढ्ने परम्परा रहेको छ।
 
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित