"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतरगत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.को वडा नंवर-८ पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ। धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अंतरगत पर्ने पाँच स्थान [[पादुकास्थान]], [[शिरस्थान]], [[नाभिस्थान]], [[कोटिलास्थान]] र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अंतरगत कोटिलास्थानलाई राखिएको छैन उक्त पुराणहरूका अनुशार पंचकोशी भित्र [[डुंगेश्वर]] पंचकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको भएपनि परापुर्व काल देखी पंचकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ। पंचकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ। वैश्वानर पुराणको हिम वंत खण्डमा [[दुल्लु]] वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत [[बद्रीनाथ]] र [[केदारनाथ]] भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ।
==धुलेश्वर मन्दिर परिसर==
[[चित्र:ज्वालाघर धुलेश्वर.jpg|250px|thumb|ज्वालाघर धुलेश्वर महादेव मन्दिर दैलेख]]
धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्। ज्वालाघरमा २ वटा नेपाली भाषाक शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न न सकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। मन्दिरमा भएका अधिकांश पुरातात्वीक सामानहरू द्वन्दकालमा [[माओवादी]]ले कब्जा गरेर लगिसकेका छन्। २०६७ चैत्र २६ गतेको रात्री ज्वालाघरको ताल्चा भाँचेर यहाँ राखेका नरपतेश्वर महादेवको मुर्ती र शिव परिवारको मुर्तीहरू चोरी भएका छन्। यसको सरोकारवालाबाट आज सम्म कुनै पनि पहल भएको छैन। हुनत पहिले पनि २०३७ सालमा पनि उक्त मुर्तीहरू चोरी भएका थिए साढे तिन बर्ष पछी यी मुर्तीहरू [[छामघाट खोला]]मा भेटिएका थिए। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुंडमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो। धुलेश्वर मन्दिर परिसरमा रहेको शिव मन्दिरको वीचमा शिवलिंग अवस्थित छ। शिवलिंगको एक पट्टी नंदीश्वर र अर्को पट्टी सिंह छन्। मन्दिर परिसरमा रहेको काल भैरव मन्दिरमा काल भैरव, बाल भैरव र बटुक भैरवका शिला (मुर्ती)हरू राखिएका छन्। काल भैरवलाई जिव बली दिएर पूजा गर्ने परम्परा छ भने बाल भैरव र बटुक भैरवलाई गाईको दुधको धार दिएर पूजा गरिन्छ। मन्दिर परिसरमा रहेको मष्टा मन्दिरमा मष्टा देवताको शिला रहेको छ। बाल भैरव र बटुक भैरव जस्तै मष्टा देवतालाई पनि गाईको दुधको भोग लगाएर पूजा गर्ने प्रचलन रहेको छ। यी देवताहरूलाई मुख्य पूजा गरिने दिन [[चैते दशैं]] र [[दशैं|बडा दशैं]]मा मात्र भोग लगाईन्छ भने अन्य दिन नित्य पूजा गर्दा धुप, दिप र नैवद्य चढाउने परम्परा छ। मन्दिर परिसरमा रहेको गाधीघरमा तिर्थयात्रीहरूको लागी खाने र बस्ने सुविधा रहेको छ। गाधीघरको जिर्णोद्धार २०५५ सालमा भएको थियो। चैते दशैं र बडा दशैंमा बिशेष पूजाको दिनमा यहाँ श्रद्वालुहरूको घुइंचो लाग्ने गर्दछ। कुमार पूजारीले मात्र पूजा गर्ने परम्परा रहेको धुलेश्वर मन्दिरमा बिहान र बेलुका नित्य पूजा गरिन्छ।
 
== अन्य स्थलहरू==
धुलेश्वर मन्दिरको फेदीमा रहेका बाणगंगा र ब्रह्मकुंडमा स्नान गरेर धुलेश्वर महादेवको दर्शन गर्ने परम्परा रहेको छ। यसका साथै बालेश्वर मन्दिरमा पिंडदान गर्ने प्रचलन रहेको छ। धुलेश्वर मन्दिरका साथै दुलंगे पर्वत अथवा नागको दर्शन गर्नाले सर्पभए हुदैन भन्ने जन विश्वास रहेको छ। यसका साथै बडलम्जीमा रहेका पंचदेवललाई पनि यहाँको धार्मीक तथा पुरातात्वीक सम्पदाको रुपमा लिईन्छ।
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित