"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्। ज्वालाघरमा २ वटा नेपाली भाषाक शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न न सकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। मन्दिरमा भएका अधिकांश पुरातात्वीक सामानहरू द्वन्दकालमा [[माओवादी]]ले कब्जा गरेर लगिसकेका छन्। २०६७ चैत्र २६ गतेको रात्री ज्वालाघरको ताल्चा भाँचेर यहाँ राखेका नरपतेश्वर महादेवको मुर्ती र शिव परिवारको मुर्तीहरू चोरी भएका छन्। यसको सरोकारवालाबाट आज सम्म कुनै पनि पहल भएको छैन। हुनत पहिले पनि २०३७ सालमा पनि उक्त मुर्तीहरू चोरी भएका थिए साढे तिन बर्ष पछी यी मुर्तीहरू [[छामघाट खोला]]मा भेटिएका थिए। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुंडमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो। धुलेश्वर मन्दिर परिसरमा रहेको शिव मन्दिरको वीचमा शिवलिंग अवस्थित छ। शिवलिंगको एक पट्टी नंदीश्वर र अर्को पट्टी सिंह छन्। मन्दिर परिसरमा रहेको काल भैरव मन्दिरमा काल भैरव, बाल भैरव र बटुक भैरवका शिला (मुर्ती)हरू राखिएका छन्। काल भैरवलाई जिव बली दिएर पूजा गर्ने परम्परा छ भने बाल भैरव र बटुक भैरवलाई गाईको दुधको धार दिएर पूजा गरिन्छ। मन्दिर परिसरमा रहेको मष्टा मन्दिरमा मष्टा देवताको शिला रहेको छ। बाल भैरव र बटुक भैरव जस्तै मष्टा देवतालाई पनि गाईको दुधको भोग लगाएर पूजा गर्ने प्रचलन रहेको छ। यी देवताहरूलाई मुख्य पूजा गरिने दिन [[चैते दशैं]] र [[दशैं|बडा दशैं]]मा मात्र भोग लगाईन्छ भने अन्य दिन नित्य पूजा गर्दा धुप, दिप र नैवद्य चढाउने परम्परा छ। मन्दिर परिसरमा रहेको गाधीघरमा तिर्थयात्रीहरूको लागी खाने र बस्ने सुविधा रहेको छ। गाधीघरको जिर्णोद्धार २०५५ सालमा भएको थियो। चैते दशैं र बडा दशैंमा बिशेष पूजाको दिनमा यहाँ श्रद्वालुहरूको घुइंचो लाग्ने गर्दछ। कुमार पूजारीले मात्र पूजा गर्ने परम्परा रहेको धुलेश्वर मन्दिरमा बिहान र बेलुका नित्य पूजा गरिन्छ।
== अन्य स्थलहरू==
धुलेश्वर मन्दिरको फेदीमा रहेका बाणगंगा र ब्रह्मकुंडमा स्नान गरेर धुलेश्वर महादेवको दर्शन गर्ने परम्परा रहेको छ। यसका साथै बालेश्वर मन्दिरमा पिंडदान गर्ने प्रचलन रहेको छ। धुलेश्वर मन्दिरका साथै दुलंगे पर्वत अथवा नागको दर्शन गर्नाले सर्पभए हुदैन भन्ने जन विश्वास रहेको छ। यसका साथै बडलम्जीमा रहेका पंचदेवललाई पनि यहाँको धार्मीक तथा पुरातात्वीक सम्पदाको रुपमा लिईन्छ।
==पौराणिक कथा==
पौराणीक कालमा [[शिव|महादेव]]की पत्नी सतिदेवीले आफ्ना पिता दक्ष प्रजापतीले शिवको अपमान गरेको कारण दक्षको यज्ञा कुंडमा हाम फालेर प्राण त्यागेकी थिईन्। पत्नी वियोगमा परेका भगवान शिवले सतिदेवीको मृत देहलाई पिठमा बोकेर घुम्न थाले। यसरी भगवान शिव पत्नी वियोगमा पागल भएकाले भगवान शिवको वास स्थान कैलाश सुन्य भयो। भगवान शिवको अनुपस्थितीका कारण देवताहरूलाई सृष्टी चलाउन कठिन भएकाले [[विष्णु|भगवान विष्णु]]ले सतिको देहमा अंशु (किरा) उत्पन्न गरेर सतिको देहलाई कुहाउन थाले। यसरी सतिदेह कुहिएर संसार भर सतिदेवीका अंगहरू पतन हुन थाले। यसरी जहाँ जहाँ सतिका अंगहरू पतन भए त्यहाँ त्यहाँ सिद्धपिठहरू बने। धुलेश्वरमा सतिदेवीको शरिरको धुलो पतन भएकोले धुलेश्वर महादेव उत्पन्न भए। यहाँ सिद्धपिठ छ भन्ने कसैलाई पनि थाह थिएन। एक जना नदीवन नामका सन्यासीले एक अमलाको रुखमुनी धुलेश्वरमा शिवलिंग देखे।
 
[[category:दैलेख जिल्ला]]
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित