"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Dhuleshwar.jpg|250px|thumb|धुलेश्वर मन्दिर]]
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतरगत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.को वडा नंवर-८ पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ। धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अंतरगत पर्ने पाँच स्थान [[पादुकास्थान]], [[शिरस्थान]], [[नाभिस्थान]], [[कोटिलास्थान]] र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अंतरगत कोटिलास्थानलाई राखिएको छैन उक्त पुराणहरूका अनुशार पंचकोशी भित्र [[डुङ्गेश्वरडुंगेश्वर]] पंचकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको भएपनि परापुर्व काल देखी पंचकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ। पंचकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ। वैश्वानर पुराणको हिम वंत खण्डमा [[दुल्लु]] वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत [[बद्रिनाथबद्रीनाथ]] र [[केदारनाथ]] भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ।
==धुलेश्वर मन्दिर परिसर==
धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्। ज्वालाघरमा २ वटा नेपाली भाषाक शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न न सकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। मन्दिरमा भएका अधिकांश पुरातात्वीक सामानहरू द्वन्दकालमा [[माओवादी]]ले कब्जा गरेर लगिसकेका छन्। २०६७ चैत्र २६ गतेको रात्री ज्वालाघरको ताल्चा भाँचेर यहाँ राखेका नरपतेश्वर महादेवको मुर्ती र शिव परिवारको मुर्तीहरू चोरी भएका छन्। यसको सरोकारवालाबाट आज सम्म कुनै पनि पहल भएको छैन। हुनत पहिले पनि २०३७ सालमा पनि उक्त मुर्तीहरू चोरी भएका थिए साढे तिन बर्ष पछी यी मुर्तीहरू [[छामघाट खोला]]मा भेटिएका थिए। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुंडमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो।
 
 
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित