"चुरे" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
खालि पृष्ठमा सामान्य जानकारी थपियो
पङ्क्ति १:
[[File:Gaindakot Town.jpg|thumb|चुरे क्षेत्रबाट देखिने मध्ये नेपालका[[गैंडाकोट]] र [[नारायणगढ]] सहरहरू।]]
[[File:Kalimpongtown.jpg|thumb|चुरे क्षेत्रमा रहेको भारतको[[कालेबुङ]] सहर।]]
हिमालय क्षेत्रको दक्षिण [[तराई]]बाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछी देखिने उठेको पहिलो उभार तथा [[महाभारत]]बाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई '''चुरे''', '''चुरिया''' वा '''शिवालिक पर्वत''' भनिन्छ। यो खुकुलो [[पत्रे चट्टान]] र कमलो माटोले बनेको भूभाग नेपालको पुर्व-पश्चिम फैलिएको छ। पाकिस्तानको [[इन्दस नदी]]देखि नेपाल हुँदै भारतको [[ब्रह्मपुत्र नदी]]सम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.६ प्रतिशत भूभाग ओगटेको छ। नेपालभित्र चुरे क्षेत्रले पूर्वको [[इलाम]]देखि सुदूरपश्चिमको [[कञ्चनपुर]]सम्म ३४ जिल्लाका केहि न केहि भूभागलाइ ओगटेको छ । भूगोलविद्हरूको अध्ययन अनुसार करिब चार करोड वर्षअघि [[हिमालय]] उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो। उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुदै अन्तिममा चुरे बाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरे फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावरको समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ<ref name="नागरिक"> [http://www.nagariknews.com/main-story/story/14688 के हो चुरे? नागरिक न्युज ८ मार्च २०१४]</ref>।
 
[[File:Dharan city from Buda Subba height 2013.jpg|center| thumb|700px|चुरे क्षेत्रको [[बुढासुब्बा]] मन्दिरबाट देखिएको [[धरान]] सहर।]]
{{नेपाल}}
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:हिमालय]]
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/चुरे" बाट अनुप्रेषित