"डाँफे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Lophophorus impejanus}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
[[File:Himalayan Monal Osaka.jpg|upright|right|thumb|पोथी]]
'''डाँफे''' [[नेपाल]]मा पाइने [[चरा]] हो । यसलाई [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]मा ''हिमालयन मोनाल'' (Himalayan Monal) भनिन्छ । यो [[नेपाल]]को [[राष्ट्रिय पंक्षी]] हो, जबकि यो [[उत्तराखण्ड]]मा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नया प्रकारको लोफोफोरस पक्षीको प्रजातिको पहिचान [[अरुणाचल प्रदेश]]मा भएको छ । खोजीको लागि सर्भे चलिरहेको छ, यद्यपि मानियेको छ कि यो स्क्लेटर मोनालको उपजाति हो अथवा संभावित छ कि यो एउटा नया प्रजाति हो तर यो अहिले पुष्टी हुनू बाकी नै छ। यो हिमाल मोनालको उपजाति हो भन्ने अहिले सम्म कुनै पुष्टी हुनेको अतो पतो छैन। तर पनि, अहिले अध्ययनले देखाको छ कि पश्चिमोत्तर भारतको नर हिमाली मोनालमा सेतो पुच्छरको कमी देखियेको छ जुन कि अन्य हिमाली मोनालमा पाइन्छ र छातीमा धेरै हरियो देखिन्छ जसले गर्दा लाग्छ कि यो दोस्रो कुनै उपजाति हो। <ref>[http://www.gbwf.org/pheasants/monal.html Himalayan Monal Pheasant]</ref>
 
७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ। डाँफे विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछ। यसले लालीगुराँस तथा मालिङ्गो भएको जंगलमा कीराफटयाग्रा, बाँसको तामा, कलिलो मुना खान रुचाउँछ। यसले माटोमै अन्डा पार्छ र बच्चा कोरल्छ। डाँफे नेपाललगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/डाँफे" बाट अनुप्रेषित