"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
प्रिमियर लिग इंगलिस एसोसिएसन फुटबल क्लबहरुको ब्यबसायिक लिग हो । यो लिग इंगलिस फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।
यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ ।यो। यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले [[बेलायत]]को बार्क्लेज़ बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज़ प्रीमियर लिगको रुपमा चिनिन्छ ।
 
बास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिग बाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबॉल लीग फर्स्ट डिविजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए [[प्रिमियर लिग]]को स्थापना भएको हो । त्यस पश्चात [[प्रिमियर लिग]] विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भयो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिग बाट शिर्ष स्थानमा रहने ४ टिमलाई बिगत पाँच बर्ष देखि [[यूरोपीय फुटबल संघहरुको संघ|UEFA]] मा पहिलो स्थान प्रदान गरिएको छ भने यस पछि [[स्पेन]]को ला लिगा र [[इटाली]]को सिरी ए लाइ लिइन्छ ।
 
==संदर्भ ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/379013" बाट अनुप्रेषित