"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''सुरेल जाति''' [[नेपाल]]को [[दोलखा जिल्ला]]मा रहेको [[तामाकोशी नदी]]को किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । <ref name=gorkhap/> दोलखाको [[सुरी]] गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।
लोप हुने क्रममा नेपालको दुर्लव जाती सुरेल
चार जात छत्तिस बर्णको साझा फुलबारी मा आफ्नो छुट्टै बिशेषता, धर्म सस्कृति, रितिरिवाज तथा परम्पराको साथ्मा हुर्कदै आएको देश कै एक मात्र स्थान दोलखा जिल्लाको सुरी गा बि स वडा न७ मा बसोबास गर्दै आएका एक जाती हो सुरेल करिब ३० (३५ मात्रै घरधुरी भएका यस जातीको जनसख्या २०० भन्दा बढी छैनर भएका मध्ये पनि गरीबी, रोज्गारिको अभाब तथा आर्थिक बिपन्नताले गर्दा स्थायी वा अस्थायी रुप्मा बसाई सरेर जाने गरेकोले पनि यिनिहरुको जनसंख्या झन काम हुँदै गएको छ र एकातिर युबाहरु बिदेशिने र अर्कोतिर भएका युवावर्ग पनि आफ्नो थार परिवर्तन गरेर सुनुवार लेख्न थालेका छन , यसरी हेर्दा सुरेल जातिको अस्तित्व नै संकटमा परेको अनुभुती गर्न सकिन्छ भने बुढापाकाहरु आफ्नो अस्तित्व नै मेटिने चिन्ता गर्छन् , तर कोही युवावर्ग भने सुरेल र सुनुवार उस्तै हो भन्छन भने कोही चान्ही आफुलाई अरुले हेपेर सुरेल भन्ने गरेकोले सुनुवार लेख्न थालेको बताउछन र
सुरेल जातिको उत्पतिको बारेमा स्थानिय बुढापाकाहरुको अनुसार ५०० बर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुइजना ससुरा र ज्वाँई शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनिहरु सुरी पुगेका थिए र पछी त्यही नै बसोबास गर्न थाले र यसरी उनिहरु सुरिमा नै बसेकोले सुरेल भनिन थालेको हो र र अर्को किम्बदन्ती अनिसार जब जिरेल को उत्पत्ती भयो, जुन जिरीमा अबस्थित थियो तर पछी केही जिरेल्हरु छुट्टीएर सुरिमा बस्न पुगे त्एती बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्ने लाई सुरेल भनियो भन्ने पनि गर्दछनर वास्तवमा जिरेल र सुरेल उस्तै उस्तै हुन र
यसरी आफ्ना जातिय परम्परा हराउदै गएकोमा बुढा बुढी मात्रै नभएर युवा वर्ग हरु पनि चिन्तित हुन थालेका छन र पढेलेखेका र बुझ्ने युवाहरु आफ्नो धर्म, सस्कृती जोगाउनु पर्ने आवश्यकता महसुस गर्न थालेका छन र आफ्नो जातिय धर्म सस्कृतिको जगेर्ना मा लागेपनी पढ्ने र अली बुझ्ने केही युवाहरुले नै आफ्नो थर परिवर्तन गर्न थालेकोले यिनिहरुको अस्तित्व झन संकटमा पर्न थालेका छन। निगाले चित्रा र रातमाटाले लिपेका छाप्रा सुरेल बस्तीका पहिचान थिए । झन्डै दुई दर्जन झुप्राबाट स्कुल आउनेहरू न्यून हुन्थे । किशोर अवस्थाबाट परदेशमा श्रम गर्न लाग्नाले पढ्नेहरू नगन्य हुन्थे । साना र प्रौढहरू बनीबुतो र खेतीपातीबाट जीवन निर्वाह गर्दै गाउँ बस्थे ।
 
सुरेल जातिको उत्पतिको बारेमा स्थानियस्थानीय बुढापाकाहरुको अनुसार ५०० बर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुइजना ससुरा र ज्वाँई शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनिहरु सुरी पुगेका थिए र पछी त्यही नै बसोबास गर्न थाले र यसरी उनिहरु सुरिमा नै बसेकोले सुरेल भनिन थालेको हो र र अर्को किम्बदन्ती अनिसार जब जिरेल को उत्पत्ती भयो, जुन जिरीमा अबस्थित थियो तर पछी केही जिरेल्हरु छुट्टीएर सुरिमा बस्न पुगे त्एती बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्ने लाई सुरेल भनियो भन्ने पनि गर्दछनर वास्तवमा जिरेल र सुरेल उस्तै उस्तै हुन
लोपोन्मुख सुरेल बस्तीलाई विगत ३० वर्षदेखि नियाल्दै आएका स्थानीय शिक्षक रामबहादुर खड्का भन्छन्, 'त्यो बेला सुरेल बस्तीकै विष्णेश्वरी प्राविमा एका दुई सुरेल केटाकेटी मात्र भर्ना हुन्थे ।' तीन दशकदेखि विष्णेश्वरीमै प्रधान अध्यापकको भूमिका निर्वाह गर्दै रहेका रामबहादुर अहिले पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा २८ जना सुरेल बालबालिका पाउँदा खुसी छन् ।
 
सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिढीको दायापट्ट िराखिन्छ।लासलाई जलाउने गरिन्छ।जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्।चिता बनाउदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।<ref name=gorkhap>{{cite news|title=बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा|url=http://www.gorkhapatra.org.np/mag/detail.yubamanch.php?article_id=44&cat_id=1|accessdate=24 January 2014|newspaper=Gorkhapatra}}</ref>
सुरीमा बस्दै आएका सुरेलको अहिले जम्माजम्मी दुई सय २७ जनसंख्या पुगेको छ । त्यस बेला सयको हाराहारीमा रहेका सुरेल बालबालिका सानैदेखि घरेलु श्रममा हुन्थे । किशोर अवस्था टेक्न नपाउँदै बाउ वा दाजुसँग कठिन श्रम गर्न परदेशिनु परिहाल्थ्यो ।
 
गरिबी र अशिक्षाका कारण शिक्षालाई प्राथमिकतामा नराखेका कारण उनीहरू श्रम, खेतीपाती र डोको, नांगाले जस्ता परम्परागत व्यवसायबाट जीविका गर्थे । 'सानो जनसंख्याका सुरेलमा अहिले पढ्नेहरू ५० जना पुगिसकेका छन्,' प्रअ खड्का भन्छन्, 'छ जना सुरेलले एसएलसी गरेकामा तीनजना कलेजसमेत पढ्दै छन् ।'
 
कहीँकतै नभएको अनौठो जाति भएकाले हिनताबोधले सुरेल जातसमेत फेर्दै सुनुवार लेखाउन थालेका सुरेल अहिले आफ्नै जातमा गर्व ठान्न थालेका छन् । उनीहरूले अहिले पढाइलाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ ।
 
युरोपेली युनियनले लोपोउन्मुखको शिक्ष्ाा र जातीय पहिचान कार्यक्रम सञ्चालन गरेपछि सुरेल बस्तीमा पढाइबारे बढी चर्चा हुने छ । 'अहिले पढ्ने उमेरका पढ्ने र बाँकी जातीय पहिचान जोगाउँदै इलममा लाग्ने गरेका छन्', सुरेल जाति उत्थान समाज केन्द्रीय सदस्य शिवहादुर सुरेलले बताए ।
 
भारतको कोलकातामा पुर्खादेखि किशोर अवस्था भयो कि श्रम गरेर गुजरा गर्दै आएका सुरेल समुदाय अहिले सरकारले दिएको लोपोन्मुख भत्ता र कृषिबाट आर्जन बढाएर गाउँमै बस्ने अवस्था सिर्जना हुँदै गएको शिवबहादुरको भनाइ छ । छाप्राछुप्री पुराना घर भत्काएर अधिकाशंले ढुंगा माटा र जस्ताका पक्की घर बनाएका छन् ।
 
[[ढोल]], [[मादल]], [[मुरली]], [[झ्याली]] सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/373598" बाट अनुप्रेषित