"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६८:
 
=====रामचरितमानसमा छन्द=====
तुलसीदासको रामचरितमानस आख्यानात्मक संरचना भएको महाकाव्य हो । यसमा शास्त्रीय छन्द र लोकछन्द दुबैको प्रयोग भएको छ । आख्यानात्मक संरचना भएको काव्यका निमित्त दोहा र चौपाईलाई उपयुक्त ठहर्याई मानसभित्रका यावत् आख्यानात्मक प्रसङ्गमा तुलसीले सेही अनुसार प्रयोग गरेका छन् । रससिद्ध कविका लागि छन्द-बन्धन स्वीकार्य हुदैन तापनि तर छन्द गतिको मर्यादा हो । गति सजीवताको द्योतक हो, त्यसैले तुलसीले आफ्नो काव्यमा छन्दको समुचित निर्वाह गरेका छन् । उनले बिचबिचमा प्रसङ्गानुसार अन्य छन्दको पनि प्रयोग गरेका छन्, जसअनुसार मात्रिक छन्दमा '''चौपाई''', '''तोमर''', '''कवित्त''', '''छप्पय''', '''डिल्ला''', '''त्रिभंगी''', '''हरिगीतिका''' आदि र वार्णिक छन्दमा '''इन्द्रवज्रा''', '''तोटक''', '''भुजङ्गप्रयात''', '''मालिनी''', '''वसन्ततिलका''', '''वंशस्थ''', '''शार्दूलविक्रीडित''', '''स्रग्धरा''', '''अनुष्टुप्''' जस्ता छन्दहरू रहेका छन् । रामचरितमानसमा छन्दहरूको स्थितितर्फ सङ्केत गर्दै प्रारम्भमा तुलसीदास स्वयंले यस्तो उद्घाष गरेका छन्—
'''छन्द सोरठा सुन्दर दोहा ।
<br />
सोइ बहुरङ्ग कमलकुल सोहा''' (तिवारी...पूर्ववत्)। <ref>तिवारी,डा.रामचन्द्र (सन् १९९९ : ८६), '''कथा रामकै गूढ''', वाराणसी : विश्वविद्यालय प्रकाशन</ref> वास्तबमा कविको उद्गार सटीक, सार्थक र उपयुक्त देखिएको छ, किनभने छन्द, सोरठा, दोहाजस्ता सुन्दर कमलहरू काव्यरूपी सरोवरका शोभा हुन् ।
<br />
छन्दप्रयोगमा तुलसी अत्यन्त सचेत देखिएका छन्, किनभने उनले कथाप्रवाह, अनुभूतिगत आवेग, पात्रको गरिमा तथा नाद–सौन्दर्यका साथ छन्द–सामन्जस्यमा पूरा पूरा ध्यान दिएका छन् । छन्द परिवर्तन गर्ने कलामा पनि उनी निपुण देखिन्छन् । उनले जतासुकै छन्द परिवर्तन गरेको भेटिँदैन । छन्द परिवर्तन गर्दा उनले पूर्ववर्ती छन्दमा वर्णित उक्तिको अन्तिम अंशबाट परवर्ती छन्द–रचनाको आरम्भ गरेका छन् । यस किसिमको प्रयोबाट उनले कथालाई खण्डित हुनबाट सर्वथा बचाएका छन् । उदाहरणका लागि तलको उद्धरण हेरौं—